व्यवसायीको दुःख–‘पसल बेचौ किन्ने छैनन्, नबेचौ व्यापार छैन्’


नेपालगन्ज १६ असार :  शिथिल बनेको अर्थतन्त्र र जनजीवन सहज बनाउन सरकारले लकडाउन खुकुलो पारेपछि उद्योग व्यवसाय खुल्न थालेका छन् ।

तर बजारले लय समाउन सकेको छैन ।

अझ पर्यटनमा आधारित व्यापार व्यवसाय झनै चौपट भएको छ । नेपालगन्ज लगायत प्रमुख सहरका कतिपय व्यवसायीले त धमाधम व्यापार व्यवसाय छाडेर घर–सटर खाली गर्न थालेका छन् ।

तर कोरोना संक्रमण र लकडाउनले अहिले यहाँको व्यवसाय नै धरापमा परेपछि कारोबार नै बन्द हुन थालेको छ ।

घर भाडा तिर्न नसकेर व्यवसायीले सटर छाडेर गएका छन् । खासगरी अहिले साना र मझौला व्यवसायी बढी प्रभावित भएका छन् । व्यापार व्यवसाय छाड्ने क्रम बढेपछि सटर र घर खाली भएका सूचना यत्रतत्र देखिन थालेका छन् ।

एकातिर कारोबार ठप्प, अर्कोतिर घरभाडा, बैंक ब्याज र कामदारलाई तलब दिनुपर्ने बाध्यता । कतिपय घरधनीले त घरबहाल कर समेत भाडावालकै थाप्लोमा पारिरहेकाले व्यवसायीहरू झनै हतोत्साही भएका छन् ।

लकडाउन खुकुलो भएपछि खोलेका पसल व्यवसायमा पनि कारोबार निकै कम छ । तर घर र सटरको बहालमा घरधनीहरूको मनोमानी छ ।

प्रकाशित मितिः     3:18:50 PM  |