काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणको ब्याजलाई एकल अंक (सिङ्गल डिजिट_ मा राख्ने र कर्जालाई पुनर्संरचना गर्ने मौद्रिक नीति बनाइरहेको छ ।
वित्त नीतिबाट निराश बनेका उद्योगी व्यवसायीलाई मौद्रिक नीतिबाट राहत दिने गरी ऋणको ब्याजलाई ९ प्रतिशत हाराहारीमा राख्ने तयारी भएको छ ।
उद्योगीरव्यवसायीले भनेअनुसार बन्दाबन्दी (लकडाउन)अवधिभरको ऋणको ब्याजलाई पुनर्संरचना हुने गरी मौद्रिक नीति बनाइरहेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।
कोरोना भाइरस ९कोभिड १९० बाट तहसनहस भएको अर्थतन्त्रलाई उकास्न वित्त नीतिका कुनै योगदान रहेपछि निराश बनेका उद्योगीलाई मौद्रिक नीतिबाट यस्तो खाले राहत दिन खोजिएको केन्द्रीय बैंकको बुझाइ छ ।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिले ब्याजलाई एकल अंकमा सीमित गर्ने, ऋणको पुनर्संचना र पुनर्कर्जालाई प्रभावकारी बनाउने गरी मौद्रिक नीति आउने छ । ‘यो तीन ओटा कुराले निजी क्षेत्रलाई राहत दिन्छ’ केन्द्रीय बैंकका एक अधिकारीले भने, ‘त्यसबाहेक पनि मौद्रिक नीति समग्र वित्तीय स्थायित्व कायम गर्ने गरी आउँछ ।’
उद्योगीलाई बजेटले निराश बनाएपछि उनी अहिले मौद्रिक नीतिमाथि भर परेर बसेका छन् । ‘अहिलेसम्म जे जति राहत पाइएको छ, केन्द्रीय बैंकले गरेर मात्रै हो,’ एक उद्योगीले भने, ‘अब पनि केन्द्रीय बैंकसँग मात्रै आश छ ।’
उद्योगीले ऋणको ब्याजदर ५ प्रतिशतमा कायम गर्न माग गरेका थिए । तर, केन्द्रीय बैंक स्रोतका अनुसार अधिकतम ९ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने भित्री तयारी छ ।
त्यसैगरी, लकडाउन अवधिको ऋणको ब्याजलाई पुनर्संरचना गर्ने तयारीमा पनि केन्द्रीय बैंक छ । उद्योगीले सावाँ ब्याजलाई पुनर्संरचना गरेर नयाँ ऋण बनाउने तयारी हुँदै छ । उद्योगीले निकै लामो समयदेखि एकल अंकमा ऋणको ब्याज तय हुनुपर्ने माग राख्दै आएका थिए ।
बैंक तथा वित्तीय संस्थाहरुले खर्च कटौती गर्न थालेका छन । खर्च कटौतीलगायत अन्य मौद्रिक उपकरण प्रयोग गरेर आधारदर २ प्रतिशतसम्म घटाउन सकिने बैंकरहरुको भनाई छ । मौद्रिक नीतिले खर्च कटौतिमा जोड दिने छ ।
क्यापिटल नेपालबाट