नेपालगन्जमा दुर्घटना भएको नेपाल एयरलाइन्सका पाइलट केबी लिम्बुलाई कारबाही


नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलट केबी लिम्बुलाई कारबाही गरेको छ।

नियामक निकाय प्राधिकरणले लिम्बुलाई ग्राउन्डेड गर्ने निर्णय गरेको हो। प्राधिकरणको कारबाहीपछि लिम्बुले जहाज उडाउन पाउने छैनन्।

लिम्बुलाई २ वर्षसम्म उडानमा प्रतिबन्ध लगाउने निर्णय आएको छ। तर दोस्रो वर्षमा भने लिम्बुले को-पाइलटसँग उड्नुपर्ने छ, लाइसेन्स जोगाउनका लागि नेपाल एयरलाइन्सका एक उच्च अधिकारीले भने।


लिम्बुले उडाएर लिएको नेपाल एयरलाइन्सको जहाज गएको चैत १४ गते नेपालगञ्जमा दुर्घटनाग्रस्त भएको थियो। मानवीय क्षति नभएको उक्त दुर्घटनामा अवतरणको क्रममा लिम्बुले कमजोरी गरेको ठहर गर्दै प्राधिकरणले निलम्बन गर्ने निर्णय गरेको हो।

सेतोपाटीबाट साभार

प्रकाशित मितिः     १८ असार २०७७, बिहीबार ११:२५  |
error: Content is protected !!