पार्टी एकताबाट दायाँ बाँया नगर्न शिर्ष नेतालाई नेकपा बाँकेको चेतावनी


नेपालगन्ज १९ असार :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शिर्ष तहमा उत्पन्न विवादका विषय नेकपा बाँकेले आफ्ना धारणा सार्वजनिक गरेको ।

शुक्रवार पार्टीका सह इन्चार्ज मोहमद हारुन, अध्यक्ष इन्द्र प्रसाद खरेल (आइपी), सचिव अशोक कोइरालाले संयुक्त धारणा जारी गुट, फुट र विभाजन नभई सृदृढ पार्टी एकता अहिलेको आवाश्यकता भएको बताएका छन् । साथै यसबाट दाँयाबाँया नहुन पार्टी नेतृत्व सँग अपील गरिएको छ ।

यसैगरी बाँके जिल्ला कमिटीले कुनै पनि नेता कार्यकर्ताले पार्टीको हित विपरित हुने कार्य नगर्न पनि अनुरोध गरेको छ ।

प्रकाशित मितिः     5:44:13 PM  |