गाभर भ्यालीमा शान्ती उद्यान बन्दै, व्यवस्थापन समिति गठन


नेपालगन्ज २० असार :  सय गन्तब्यमा सुचिकृत गाभर भ्यालीमा निर्माणाधिन रहेको गाभर शान्ति उद्यानको ब्यवस्थापन उपसमिति गठन भएको छ ।

गाभर क्षेत्रमा अवस्थित शान्ति उद्यानलाई ब्यवस्थापन तथा कार्यान्वयन गर्न उक्त ब्यवस्थापन उपसमिति गठन गरिएको हो ।
गन्तब्य गाभरको विकास गर्न समुदायको सक्रिय सहभागितामा शान्ति उद्यानको अवधारणा अघि बढाइएको छ ।

बैजनाथ गाउँपालिका वडा १ का अध्यक्ष रुप बहादुर मल्लको प्रमुख आतित्थ्यतामा भएको भेलाले नारायण वलीको अध्यक्षतामा ११ सदस्यीय उपसमिति गठन गरिएको छ ।

उपसमितिमा उपाध्यक्ष तीलक चन्द, सचिव गोरीकला रोकाया, कोषाध्यक्ष ललिता ढकाल र सदस्यहरुमा विष्णु बुढा, बालकुमारी थापा, गणेश खत्री, मन्जु ज्ञवाली, रविन्द थापा, राम बहादुर वि.सी. र शुरेश रोकाया रहेको छन् ।

गाभर क्षेत्रमा लायन्स गाभर उद्यान, बन्यजन्तु उद्यान, पारिजात उद्यान समेत रहेका छन् । गाभर क्षेत्र पश्चिम नेपालको आकर्षित पर्यापर्यटकीय गन्तब्य भित्र पर्दछ ।

प्रकाशित मितिः     २० असार २०७७, शनिबार ०७:४७  |