नेपालगन्ज २० असार : जैविक विविधता संरक्षणका लागि युवाहरुको सहभागिता अपरिहार्य रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
बाँके राष्ट्रिय निकुञ्जले कोहलपुर र देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अन्तरगतका सरोकारवालाहरु बिच चोरि शिकार नियन्त्रणका लागि समन्वयात्मक अन्तरक्रिया कार्यक्रममा उक्त धारणा आएको हो ।
निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीय समुदायको संरक्षणमा सक्रिय सहभागिता भएकाले १ दशक भित्रउल्लेख्यरुपमा बाघको संख्या बृद्धि हुन पुगेको मध्यवर्ती ब्यवस्थापन समितिको पूर्व अध्यक्ष सावित्रा पुनले बताईन् ।
उनका अनुसार समुदायको सहभागिता र निकुञ्जको समन्वयकारी भूमिका महत्वपूर्ण छ । शहरसँग जोडिएको र बाघ पर्यटनका लागि सम्भावना बोकेको यस निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्यापर्यटन प्रवद्र्धन मार्फत समुदायको समृद्धि ल्याउन आवश्यक पहल गरिनु पर्ने उनको धारणा थियो ।
अन्तरक्रिया कार्यक्रममा निकुञ्जका सहायक संरक्षण अधिकृत द्धय विष्णु रोकाया र महेश न्यौपाने, चोरी शिकार नियत्रण सञ्जालका अध्यक्ष कृष्णलाल चौधरी, जुवलोजिकल सोसाइटी अफलण्डन बाँके बर्दिया कम्प्लेक्सका प्रमुख पवन गौतम र संजीव पुनले प्रस्तुती गरेका थिए । हाल बाँके राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या २१ वटा रहेको छ ।
बाघ पर्यटनका लागि पर्यटकहरुको सहभागिता क्रमिकरुमा विकास भइरहेको छ ।