बाघको छाला र हड्डि सहित राप्तीसोनारीबाट एकजना पक्राउ


नेपालगन्ज २० असार :  जिल्ला प्रहरी कार्यालय बाँकेले पाटेबाघका छाला र हड्डि सहित शनिवार राप्तीसोनारी गाउँपालिका १ सिमलघारीका नवराज घर्तिलाई पक्राउ गरेको छ ।

प्रहरीको ५ नम्बर प्रदेश ब्युरो दाङ र जिप्रका बाँकेबाट खटिएको प्रहरी टोलिले घर्ति मगरलाई पक्राउ गरेको हो । उनलाई घरको मकै बारीमा लुकाई छिपाई राखेको पाटे बाघको छाला,र हड्डि फेला पारी नियन्त्रणमा लिइएको हो ।

प्रकाशित मितिः     5:46:22 PM  |