साथी कृष्णाकी बिना ‘दिदी’ बिरामी परिन, आर्थिक सहयोगको खाँचो


नेपालगन्ज २० असार :  नेपालगन्ज चारवाहिनी चोकमा रहेको साथी कृष्णा कटेजकी संचालिका बिना शर्मा बिरामी परेकी छन् । पाठेघरको ट्युमरले धेरै दिनदेखि सताइरहेको थियो ।

ट्युमरको शल्यक्रिया गर्नुपरेपछि आर्थिक समस्या भएको छ । कोरानाका कारण होटल बन्द रहेको र अहिले अचानक अप्रेसन गर्नुपर्ने भएकोले आर्थिक संकलन शुरु गरिएको नेपालगन्ज उद्योग वाणिज्य संघकी पूर्व उपमहाससचिव तारा रोकायले बताइन । उज्यालो लालिगुराँस गार्मेन्ट उद्योगका महिलाहरुले सहयोग गरिरहेका छन् ।

बिना नेपालगन्जमा राम्रै कटेज सन्न्चालन गरिहेकी महिला होटल व्यवसायी हुन । चिया विक्रीदेखि कटेज सन्चालनसम्म आउँदासम्म उनको संघर्ष सबैका लागि प्रेरणाको स्रोत बनेको थियो । तर पछिल्लो समय उनको आर्थिक अवस्था खस्किदै गएको थियो ।

१- तारा खत्री रोकाया – ५१००/-
२- दिला शाह – २५००/-
३- अाभा गौतम – २५००/-
४- कालिमियाँ – २५००/-
५- बसन्ता शर्मा – २१००/-
६- अक्षरी पोखरेल – १०००/-
७- हिरादेवी खराल – १०००/-
८- दिपा बिनाडी – १०००/-
९- सत्यदेवि जोसी – १०००/-
१०- अम्बिका सापकोटा -५००/-
११- पुष्पा सुवेदी -५००/-
१२ – गौरी पोखरेल -५००/
१३- लक्ष्मी जोसी ५००/-
१४- निर्मला बम शाही ५००/-
पुर्णतारा फाउन्डेसनबाट रु -६०००/-

 

प्रकाशित मितिः     5:36:33 PM  |