बैंकिङ कसुरमा कारागारको बास


अपेक्षा ढुंगाना, बैंकिङ खबर । के तपाई कसैलाई व्लायाङ्क चेक काट्नु भएको छ । यदी काट्नुभएको छ र झुक्काउन खोज्नुभएको छ भने यो सामग्री अध्ययन गर्नुहोला । व्लायाङ्क चेक काट्ने २ जनालाई हालै बैंकिङ कसुरमा पक्राउ गरि कारागार चलान गरिएको छ । बैंकिङ कसुर मुद्दाका दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको हो ।

उनीहरु फरार अबस्थामा थिए । भक्तपुर मध्यपुर थिमीका ४१ वर्षीय राम ज्यापु र काठमाडौं बुढानीलकण्ठका प्रकाश बुढाथोकी बैंकिङ कसुरमा कारागार चलान भएका छन् । राम ज्यापुलाई उच्च अदालत पाटनले गत भदौमा ११ लाख ५० हजार रुपैयाँ जरिवाना र तीन दिन कैद हुने ठहर सुनाएको थियो ।

सोही मुद्दामा प्रकाश बुढाथोकीलाई अदालतबाट रु १० लाख ५० हजार जरिवाना र सात दिन कैद हुने ठहर सुनाइएको थियो । यी दुई फरक मुद्धा हुन् । सजाय तोकिएकै बेला उनीहरु फरार थिए ।

आफ्नो खातामा रकम नभएको तथा व्लायाङ्क चेक दिएकोले चेक बाउन्स भएको थियो । पक्राउ परेका दुवै जनालाई कैद भुक्तानका लागि बिहीबार केन्द्रीय कारागार चलान गरिएको छ । बैंकमा पैसा नभई नभई चेक काट्ने विरुद्ध बैंकिङ कसुरमा मुद्धा दायर गर्न सकिन्छ । त्यस्तो अबस्थामा प्रमाणित भए जेल सजायको व्यबस्था छ ।

यसरी पनि लाग्न सक्छ बैंकिङ कसुर

कसैले बैंक वा वित्तीय संस्था वा सहकारी संस्था वा संघको स्वामित्वमा रहेको चल अचल सम्पत्ति मिलोमतो वा जाल परिपञ्च गरी वा हक नभएको सम्पत्तिमा आफ्नो हक पुग्ने कीर्ते कागज बनाई, दिई वा पेश गरी वा आफूसँग नभएको कुरा आफूसँग छ भनी झुक्याई वा झुट्टा कुरालाई साँचो हो भनी झुक्याई वा अरु जुनसुकै व्यहोरासँग धोका दिई गफलतमा पारी आफ्नो हक नपुग्ने बैंक वा वित्तीय संस्था वा सहकारी संस्था वा संघको हकको चल अचल सम्पत्ति लिनु दिनु दिलाउनु वा बैंक वा वित्तीय संस्था वा सहकारी संस्था वा संघको सम्पत्ति मेरो हो भनी वा मेरो भएको छ भनी लिखत गरी वा नगरी सोही सम्पत्ति लिनु दिनु बिक्री व्यवहार गर्ने वा सट्टापट्टा गरी बैंक वा वित्तीय संस्था वा सहकारी संस्था वा संघलाई हानि नोक्सानी पुर्याउनु हुँदैन ।

कसैले कुनै व्यहोराको झुट्टा, जालसाजपूर्ण कथन, प्रतिज्ञा वा अन्य कुनै तवरबाट बैंक वा वित्तीय संस्थालाई नोक्सानी पुग्ने गरी सो बैंक वा वित्तीय संस्था वा सहकारी संस्था वा संघको नियन्त्रण वा संरक्षण वा स्वामित्वमा रहेको नगद रकम, कोष, सुरक्षणपत्र वा अन्य चल, अचल सम्पत्ति प्राप्त गर्न वा त्यस्तो सम्पत्ति माथि दखल पुर्याउन वा नियन्त्रणमा लिन वा त्यस्तो योजनालाई कार्यान्वयन गर्न सहयोग पुर्याई बैंक वा वित्तीय संस्था वा सहकारी संस्था वा संघलाई हानि नोक्सानी पुर्याउनु हुँदैन ।


कसैले कुनै व्यहोराको गलत वा झुट्टा विवरण वा प्रतिज्ञाको आधारमा बैंक वा वित्तीय संस्था वा सहकारी संस्था वा संघसँग कुनै कारोबार गर्न वा आफ्नो नाम ढाँटी सो नाम मेरो होइन, अर्कैको हो भनी र अर्को मानिसको नामलाई मेरो हो सो मानिस मै हुँ भनी वा त्यस्तो कुरा अर्काबाट जानी बुझी भनाउनु, भनी दिनु इत्यादि जुनसुकै कुरो गरी कसूरको सजायबाट बच्नका लागि वा बेइमानीको नियतले धोका गफलत वा झुक्यानमा पारी बैंक वा वित्तीय संस्था वा सहकारी संस्था वा संघलाई कुनै पनि तवरले हानि नोक्सानी पुर्याई आफू वा अरु कसैलाई लाभ हुने कार्य गर्न हुँदैन ।

बैंकिङ कसुरबाट बच्न के के गर्ने

बैंक तथा वित्तीय क्षेत्रमा अन्तरराष्ट्रिय अभ्यासजस्तै नेपालमा पनि बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन गर्ने केन्द्रीय बैंक छ । यसले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन गर्न आफैँले त्यससम्बन्धी कानुनसमेत तयार गर्छ । बैंक तथा वित्तीय संस्थाहरुले के गर्न हुने, के गर्न नहुने बाध्यकारी नियम बनाउँछ र कार्यान्वयन गराउँछ ।

अहिले बैंकका अवकासप्राप्त कर्मचारीलाई पनि कारवाही चलाउन सकिने नयाँ ऐनले व्यवस्था गरेको छ । नयाँ व्यवस्थाअनुसार कुनै बैंक तथा वित्तीय संस्थाको सम्पत्ति हिनामिना वा हानी नोक्सानी गरी बैंकिङ कसूर गर्ने कर्मचारी वा पदाधिकारीमाथी जहिलेसुकै पनि मुद्दा चलाउन सकिनेछ । त्यस्ता कर्मचारी वा पदाधिकारीले आफ्नो पदबाट अवकाश प्राप्त गरिसकेपछि पनि मुद्दा चलाउन बाधा नपर्ने ऐनमा उल्लेख गरिएको छ । भर्खरै मात्र बैंकिङ कसुरको घटनामा पूर्व सिइओ पक्राउ परेका छन् । नक्कली धितोमा ऋण लिएको अभियोगमा प्रहरीले बैंक अफ काठमाण्डूका तत्कालीन सीईओ अजय श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरीरहेको छ ।

सहकारीको कारोबारमा हुने दुरुपयोग तथा ढुकुटीको कारोबार पनि बैंकिङ कसुरभित्र परेको छ । बैंकिङ कसुरमा संलग्न बैंक तथा वित्तीय संस्थाका पदाधिकारीलाई थप सजाय, आफ्नो संस्थाबाट सञ्चालक तथा कर्मचारीले ऋण लिन नपाउने व्यवस्थालाई स्पष्ट पारिएको छ ।

पछिल्लो समय केही बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरु बैंकिङ कसुरअन्तर्गत सजाय काटिरहेका छन् । कतिपयको मुद्धा चलिरहेको छ । किन त्यस्तो भयो त रु किनभने नेपाल राष्ट्र बैंकले बनाएको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन ९बाफिया० लागु भईसक्दा पनि उनीहरुले त्यसमा बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुले गर्न नहुने काम गरे ।

 

प्रकाशित मितिः     5:44:04 PM  |