नेपाली नगएपछि भारतीय सीमावर्ती बजार ठप्प, आफ्नो फाईदाका लागि नाका खोल्न दवाव


नेपालगन्ज २३ असार :  नेपाली उपभोक्ताका कारण कुनै बेला निकै चलेका भारतीय सीमा बजार यतिबेला सुकेका छन् । नेपाली बजार भने पहिलेको भन्दा चलेका छन् ।

रुपैडिया लगायतका सीमा बजार यतिबेला ग्राहक बिहिन छन् । नेपालगन्ज बजार भने राम्रै चलेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि सीमा सिल गरेपछि खाद्य वस्तु र लत्ता कपडाको तस्करी घटेको छ। भारतीय सीमावर्ती बजारको कारोबार सुकेको छ भने नेपाली बजार गुल्जार बन्न थालेको छ।

व्यवसायीका अनुसार सबै सामानको तस्करी नियन्त्रणमा आएपछि किराना, खद्यान्न, कपडा, रेडिमेड, कस्मेटिक लगायत सबै प्रकारको स्वदेशी व्यापार राम्रो हुन थालेको छ।‘कोरोना महामारीको कारण खरीद बिक्री कम छ। तर यस्तो असहज अवस्थामा पनि नराम्रो भने छैन। नगदमै कारोबार हुन थालेकोछ,’ नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले भने,‘पहिले उधारोमा समान बेच्न हारगुहार गर्नुपर्थ्यो।’


सीमा बन्द हुँदा व्यापार चौपट भएको भन्दै भारतीय व्यापारी आन्दोलनमा उत्रिने तयारी गरेका छन्।

‘सीमावर्ती भारतीय बजार नेपालीका कारण चल्थ्यो। अहिले हामी ग्राहककै पर्खाईमै दिन बिताउने गरेको छौ,’रुपैडियाका एक व्यवसायीले भने,‘अहिले घरभाडा,बैंकको ब्याज तथा कर्मचारीको तलब तिर्न नसक्ने अवस्थामा पुगेका छन्।’

व्यवसायीले सीमा खोल्न दबाबको तयारी गरिरहेका छन्।

प्रकाशित मितिः     २३ असार २०७७, मंगलवार १०:३७  |
error: Content is protected !!