नेपालगन्ज अब आर्थिक राजधानी !


पछिल्लो दशकमा नेपालगंज र यसको छेउँछाउँको क्षेत्रमा कर्णाली प्रदेशबाट आउने मानिसहरुको संख्या अझ बढिरहेको कुरा यहाँको वस्ती विस्तारबाट देखिन्छ । तराईका समथर ठाउँमा बसे पनि बसाइ सरेकाहरुको मनमा कर्णालीको माया यथावत नै छ । यहि कारणले उनीहरुलाई आफ्नो उद्गम थलो र बसोबास थलो एकै प्रदेशमा रहोस् भन्ने लागिरहन्छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक वर्ष २०७७र७८ को लागि असार १० गते ल्याएको नीति कार्यक्रममा नेपालगन्जलाई ५ नम्बर प्रदेशको राजधानी बनाउन प्रयास गरिने र त्यसो नभएमा कर्णाली प्रदेशमा समाहित हुन आवस्यक पहल गर्ने कुरा अघि सारेको छ । नीति कार्यक्रमको संस्कृति तथा पर्यटन सम्बन्धि नीति अन्तर्गत उक्त कुरा उल्लेख गरिएको छ । प्रदेश ५ संग छुट्टिने नेपालगन्जको यो  नयाँ भने हैन । गत पुषको पहिलो साता बसेको बोर्ड बैठकले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नका लागि अभियानको अगुवाइ गर्ने निर्णय गरेको थियो ।

अभियानले कर्णालीमा गाभिनको लागि आन्दोलन गर्ने र आन्दोलनको माहौल बनाउनका लागि स्थानीय तहलाई अगाडि सार्ने रणनीति बनाएको थियो । कर्णाली प्रदेशका योजना तथा आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले २०७६ माघ ९ गते कोहलपुरमा भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्तासँगको भेटघाट कार्यक्रममा भाषा, संस्कृति रहनसहन मिल्ने भएकाले कर्णाली प्रदेशको अभिन्न अङ्गका रुपमा बाँके बर्दिया समाहित हुनुपर्ने भनाइ राखे भने त्यसको केहि दिनपछि माघ २५ गते नुवाकोटमा आयोजित एक कार्यक्रममा बाँके र बर्दियाका जनताका केहि असन्तुष्टिहरु रहेकोले प्रदेश ५ को सिमाना हेरफेर हुनसक्ने बताएका थिए । प्रदेशले नाम र राजधानीको टुंगो लगाउन नसकिरहेको अवस्थामा आएका यी खबरहरुले ठूलो तरंग उत्पन्न नगरे पनि नेपालगञ्जको घुर्किको बारेमा एकपटक ध्यान भने तानेको छ ।

सिपाही विद्रोहमा अंग्रेजलाई सघाए बापत सन् १८६१ मा नेपालले फिर्ता पाएको नयाँ मुलुकलाई चार जिल्लामा विभाजन गरि त्यसको केन्द्र बाँकी किल्लालाई बनाइएको थियो । तत्कालिन तुलसीपुर स्टेटको एउटा प्रशासनिक केन्द्रको रुपमा रहेको बाँकी किल्ला रहेको स्थलमा शहर बनाउन जंगबहादुर राणाले सिद्धिमान राजभन्डारीलाई बडाहाकिम बनाएर त्यहाँ पठाएपछि नेपालगंजको जग बनेको थियो । भारतबाट आएका ब्यापारी र मजदुर, पहाडबाट बजार गर्न झरेका हटारु, रैथाने थारु र प्रशासन चलाउन आएका कर्मचारी बटुलिँदै जाँदा सय वर्षमा नेपालगंज पश्चिम नेपालकै एउटा प्रमुख बाणिज्य केन्द्र बनिसकेको भए पनि नेपालगंज सहितको नयाँ मुलुक २०३० को दशकसम्म राप्ती पूर्वका नेपालका अन्य भूभागको कम सम्पर्कमा रहेका थिए । वि।स। २०११ सालमा नेपालमा ५ हजार भन्दा बढी जनसंख्या भएका बजारहरु मध्ये दश हजार ८१३ जनसंख्याका साथ नेपालगंज चौथो स्थानमा थियो भने १० हजार भन्दा बढी जनसंख्या भएको काठामाडौं उपत्यका बाहिरको दुई शहर मध्ये पहिलो शहर थियो । देश नयाँ संरचनामा गएपछि छेउँछाउँका क्षेत्रहरु गाभेर नेपालगंज उपमहानगरपालिका बनाइएको छ र अहिले यहाँको अनुमानित जनसंख्या एक लाख ७० हजार पुगेको छ ।

भारतीय सीमाको नजिक रहेको र व्यापारिक कारणले नेपालगंज शहरको रुपमा रुपान्तरण हुँदै गए पनि घना जंगल, नेपालका अन्य क्षेत्रसंग सम्पर्क गर्न कठिन जस्ता कारणले बाँके जिल्लामा बाहिरि जिल्लाबाट कम मानिस बसोबास गरेको पाइन्छ । आज भन्दा १०० वर्ष अघि वि।स। १९७७ सालमा बाँके बर्दिया ९संयुक्त० को जनसंख्या एक लाख ७ हजार १९४ रहेकोमा बाँकेको जनसंख्या मात्र वि।स। २०११ सालमा ८२४४९ र वि।स। २०२८ मा १२५७०९ पुगेको थियो । वि।स।२०२८–३८ को दशकमा बाँकेको जनसंख्या ६३।३३ प्रतिशतले बढेको थियो भने २०४८–२०६८ को अवधिमा जिल्लाको जनसंख्या क्रमश ५८।१२ प्रतिशतले बढेको थियो ।

नेपालगंज सेरोफेरो र समग्र बाँके जिल्लाको जनसंख्या बढ्नुमा आप्रवासन मुख्य कारण भएको देखिन्छ । वि।स। २०६८ को जनगणना अनुसार बाँकेको कूल जनसंख्याको १९।८ प्रतिशत जनसंख्या बाहिरि जिल्लाबाट आएको देखिन्छ । यो जिल्लामा बसाइ सरेर आउनेहरु मध्ये अधिकांश मानिसहरुको उद्गम स्थल हालको कर्णाली प्रदेश नै हो । पछिल्लो दशकमा नेपालगंज र यसको छेउँछाउँको क्षेत्रमा कर्णाली प्रदेशबाट आउने मानिसहरुको संख्या अझ बढिरहेको कुरा यहाँको वस्ती विस्तारबाट देखिन्छ । तराईका समथर ठाउँमा बसे पनि बसाइ सरेकाहरुको मनमा कर्णालीको माया यथावत नै छ । यहि कारणले उनीहरुलाई आफ्नो उद्गम थलो र बसोबास थलो एकै प्रदेशमा रहोस् भन्ने लागिरहन्छ ।

नेपालगंज अहिले बहुसांस्कृतिक शहरको रुपमा विकसित भैरहेको भए पनि बाँकेका मुख्य जातिहरु मुस्लिम र थारु हुन् । बसाइ सराइ नहुँदासम्म यी दुई जातिहरु जिल्लामा निर्णायक अवस्थामा भए पनि पछिल्ला दिनहरुमा यी जातिको अनुपात विस्तारै ओरालो लाग्दै छ । बाँके जिल्लामा थारु र मुस्लिमहरुको जनसंख्याले वि।स। २०५८ मा क्रमशः १६।४ र २१।१ प्रतिशत हिस्सा ओगटेको भए पनि २०६८ मा आउँदा यो अनुपातमा ओरालो लागेर क्रमशः १५।६ र १९ प्रतिशत कायम भएको थियो । वि। सं। २०११ सालमा जिल्लाको कुल जनसंख्या थारु, अवधि, ऊर्दु र हिन्दी भाषिको जनसंख्याा ९३।३ प्रतिशत भएकोमा वि।सं। २०६८ मा यो समुदायको जनसंख्या ५७।३ प्रतिशतमा झरेको देखिन्छ । नव नागरिकलाई नागरिकता दिएर भित्राएको र पहाडी क्षेत्रबाट मानिसहरु बसाइ सरेर आएको कारणले यहाँका पुराना बासिन्दाहरु जनसंख्यामा मात्र नभई दाङ्ग र कपिलवस्तु जस्ता आफ्नो समुदाय रहेका जिल्लाहरुसंगको सम्बन्ध विस्तारमा समेत कमजोर बनिरहेका छन् । कैलाली र कंचनपुर जस्ता थारु बहुल जिल्लाहरु टुक्रिएर अर्को प्रदेशमा परेको अवस्थामा यहाँका थारु र मुस्लिमहरु आफ्नो समुह ठूलो भएका यहाँकै अन्य जिल्लासंग मिलेर रहने आवाज उठिरहे पनि त्यो आवाज बाहिरियाहरुको आवाजको सामु शिथिल बनिरहेको छ ।

नेपालगन्जका केहि अगुवाहरुले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा राख्न चाहनु र कर्णालीका नागरिक र अगुवाहरुले पनि त्यहि चाहनुमा पूर्वाधारको प्रयोग र आर्थिक लाभ मुख्य आधार हो । नेपालगंज कर्णालीको लाइफलाइन हो । कर्णालीको सम्पूर्ण आयात निर्यात ब्यापार बाँके र बर्दिया हँुदै हुने गरेको छ । कर्णाली प्रदेशका प्रायजसो ब्यापारीक, सामाजिक अगुवा र कर्मचारीले बाँके र बर्दियामा घर घडेरी जोडेका छन् । धेरैका छोराछोरी नेपालगंज र कोहलपुरमा बसेर पढेका छन् । नेपालगन्जमा ब्यापार व्यवसाय गर्ने धेरैजना कर्णाली प्रदेशका वासिन्दाहरु छन् । त्यसैले पनि उनीहरुको लागि कर्णालीलाई नेपालागंजसंग जोड्नु जरुरिभएको दाबी छ । कर्णाली प्रदेशकोलाई उत्तरी सिमाना निकै असहज छ । अन्तर्राष्ट्रिय ब्यापार र सहज आवागमनका लागि नेपालगंज आवस्यक छ भने उत्पादनको लागि पनि बाँके र बर्दियाको उर्वर भूमि चाहिएको छ । सुर्खेत, जुम्ला र जाजरकोटका धेरै राजनैतिक अगुवाका राजनैतिक शक्ति नेपालगंज, कोहलपुरमा रहेकाले पनि उनीहरुसंग जोडीइरहनका लागि पनि यो क्षेत्र गाभ्न जरुरि छ ।

नेपालगंजले राजधानीको दाबी गर्छ भन्ने डरले कर्णाली प्रदेश बनाउनको लागि आन्दोलन हँुदा नेपालगन्जलाई साथ लिइएन् र ५ नम्बर प्रदेशको नेतृत्व गर्न पाइन्छ भन्ने आशाले नेपालगन्जले पनि कर्णालीलाई साथ दिन चाहेन । पूर्वाधारयुक्त भएकोले नेपालगंज ५ नम्बर प्रदेशको राजधानी बन्छ भन्ने झिनो आशा बाँकेका धेरै वासिन्दाहरुलाई थियो, तर त्यसो भएन । बुटवललाई प्रदेशको अस्थायी राजधानी घोषणा गर्दा नेपालगन्जमा पापड नेपालगन्जको अगुवाइमा २०७४ माघमा नै विरोध ¥याली निकालिएको थियो । असहयोग आन्दोलन गरेर भए पनि नेपालगन्जलाई राजधानी बनाउन बाध्य पार्ने घोषणा आन्दोलनमा अगुवाहरुले गरे पनि त्यसले गति लिन भने सकेन । अहिले राजधानीको चर्चामा बुटवल र दाङ्ग मात्र आउने तर नेपालगन्जको बारेमा उच्च नेताहरु नबोलिदिँदा बाँकेबासीको मन दुखेको छ । पंचायतकालमा स्थापना गरिएका केहि कार्यालय र संस्था बाहेक नेपालगन्जले केहि पाउन सकेको छैन ।

नेपालगन्जलाई सम्बोधन गरेर महानगर बनाउने कुरा प्रदेश सरकारले बारम्बार गरिरहे पनि नेपालगंज महानगर बनाउनको लागि प्रदेश सरकारले जुन आर्थिक र प्राविधिक सहयोग प्राप्त गर्नुपथ्र्यो, त्यो पाउन सकेको छैन । नेपालगन्जको सामाजिक र व्यापारिक सम्बन्ध हिजोका दिनमा लुम्बिनी अन्चलसंग थिएन । तर राप्ती अन्चलका पहाडी जिल्लाहरु नेपालगंजसंग जोडिएका थिए । अब कोइलाबा नाकाको स्तरीकरण, मध्यपहाडी लोकमार्गको निर्माण, प्रदेश सरकारले बनाउन लागेको रानी सडक जस्ता पूर्वाधारले गर्दा राप्ती अन्चलका पहाडी जिल्लाहरुको नाता नेपालगंजसंग टुटिसकेको छ । यस कारणले अपनत्व नभएको क्षेत्रसंग जोडिएर ५ नम्बर प्रदेशमा बसिरहनु भन्दा सगोत्री, ब्यापार र भौगोलिक सम्बन्ध भएको कर्णाली प्रदेशसँग जोडिन खोज्नुलाई अस्वाभाविक भन्न मिल्दैन ।

प्रदेश ५ मा नेपालगन्ज सहित बाँके र बर्दियाको भौगोलिक, आर्थिक र सामाजिक महत्व निकै छ । प्रसस्त वन तथा कृषिक्षेत्र यो जिल्लामा रहेको छ । प्रदेशको समृद्धिको आधार बन्न सक्ने भनिएको भेरी बबई डाइभर्सनका साथै पर्यटकीय सम्भावना बोकेको बाँके र बर्दिया राष्ट्रिय निकुन्ज यहि क्षेत्रमा छन् । नेपालगंज भारतीय पर्यटकको मुख्य हब बनेको छ । नेपालगंज प्रदेशको मुख्य नाका मात्र नभएर दांग, रोल्पा र रुकुमको पुरानो बाणिज्य केन्द्र समेत हो । बसाइ सराइले गर्दा बाँके र बर्दिया मिश्रित जातीय समाज बनेको छ र यो समाज राजनीतिको लागि उर्वर भुमि समेत बनेको छ । यिनै कारणले गर्दा बाँके र बर्दिया प्रदेश ५ को लागि अनिवार्य भूगोल बनेको छ ।

प्रदेश भूगोल मात्र नभएर जनसंख्या, संस्कृति, समाज र आर्थिक निकटताको स्वरूप पनि हो । नेपालगन्ज सहित बाँके र बर्दिया भूगोलमा प्रदेश ५ मा रहे पनि यसका निर्भरता र आवस्यकताहरु कर्णाली र सुदुर पश्चिम प्रदेशमा रहेको छ । यसो भन्दैमा अहिले नै बाँके र बर्दियाको मौलिकता र भूमिपुत्रहरुको त्यागलाई बिर्सन मिल्दैन । बाँके र बर्दियालाई कर्मथलो र सुरक्षित बासस्थान बनाएकाहरूले नेपालगन्जलाई कर्णालीमा मिसाउन चाहे पनि यहाँका भूमिपुत्रहरूले त्यो मागलाई पक्कै पनि स्वीकार्ने छैनन् । उनीहरुको लागि कर्णालीमा जोडिनु भन्दा पनि दांग र कपिलवस्तु वा कैलाली र कंचनपुर प्यारो हुन्छ । यस्तो अवस्थामा अगुवाहरुले चलाउने भनिएको आन्दोलनको प्रतिकारमा रैथाने वासिन्दाहरुको अर्को माग नआउला वा बर्दियाले अर्कै माग नल्याउला भन्न सकिँदैन । कर्णाली प्रदेशमा गाभिए पनि अब नेपालगंज किनाराका शहर मात्र हुनेछ, प्रदेशलाई नेतृत्व गर्न पाउने छैन । त्यसैले प्रदेशको राजधानी नपाएकै कारणले अर्को प्रदेशमा मिसिन्छौँ भन्नुको साटो जतिसक्दो छिटो महानगरीय पूर्वाधार तयार गरेर प्रदेशको प्रमुख आर्थिक केन्द्र तथा कर्णाली र सुदुर पश्चिम केन्द्रको आर्थिक द्वार बनाउन अगुवाहरु लाग्नु उचित हुनेछ ।

युवराज कँडेल ( बुटवलबुटेबाट साभार)

प्रकाशित मितिः     1:56:17 PM  |