बाँके २६ असार : प्रदेश ५ की कृषि मन्त्री आरती पौडेलले बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्यालीमा रहेका कृषि तथा पशुपंछि फार्मको अवलोकन गरेकी छन् ।
पर्यटकीयक्षेत्रका रुपमा स्थापित ती ठाउँमा झण्डै दुई दर्जन कृषि फर्म सन्चालनमा रहेका छन् । पर्यटन र उत्पादनलाई संगसंगै लगेकोमा मन्त्री पौडेलले खुसी व्यक्त गरिन । उनले कृषि उत्पादन बढाउने आफुहरुको लक्ष्य रहेको भन्दै कृषकहरुलाई राहत लक्षित कार्यक्रम आएको जानकारी दिइन ।
गाभर होमस्टेका अभियानता कृष्ण चौधरी लगायतले पर्यटनसंगै कृषि एवं पशुपंछि उत्पादनमा समेत सक्रिय रहेका स्थानीयलाई हौसला बढाएकोमा मन्त्री पौडेललाई धन्यवाद दिएका छन् ।
प्मन्त्री पौडेलले प्रतिफलमा आधारितत प्रोत्साहन अनुदानले कृषि क्षेत्रमा उत्पादकत्व बढाउन सघाउ पुग्ने बताएकी छन । मन्त्रालयद्धारा शुक्रवार कोहलपुरमा आयोजना गरेको बेग्लै कार्यक्रममा प्रतिफलमा आधारित प्रोत्साहन अनुदान ग्राही सहकारी आवद्ध कृषकहरुलाई चेक हस्तान्तरण कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन ।
उनले यस आर्थिक बर्षमा कृषि आलु उत्पादक कृषकहरुका लागि २६ लाख बढि अनुदान दिईएको जानकारी दिईन । प्रदेश सरकारले प्रतिकेजि आलुमा २ रुपैया अनुदान दिईएको उनको भनाई छ ।
प्रदेश सरकारले भेरि सित भण्डार सहकारी कोहलपुर ११ लाई २१ लाख २४ हजार १ सय , साकार कृषि सहकारी राप्ती सोनारी ६ लाई ६ लाख ८२ हजार ५ सय ३५, साना किसान कृषि सहकारी लि बढैया ८ , सिम्रिक कृषि सहकारी बुटवल १०, लाई ५ लाख ७० हजार ३९ र गणपति बहुउदेश्य सहकारी सस्था लि सुदोदन नगरपालिका ४ लाई १ लाख २० हजा ३ सय अनुदान सहयोग प्रदान गरेको छ ।
यस्तै मन्त्रालयले भगवती दुग्ध उत्पादक सहकारी बढैयाताल र चुलि मालिका कृर्षि सहकारीलाई दध उत्पादन अनुदान सहयोग गरेको छ । प्रतिलिटर दुधमा प्रदेश सरकारले १ रुपैया ९६ पैसा अनुदान सहयोग गरेको बहुउदेश्य जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष बल बहादुर खड्काले जानकारी दिएका छन् ।