संयुक्त संघर्ष समिति बनाएर सुर्खेतका व्यवसायीद्धारा चरणवद्ध आन्दोलनको घोषणा


सुर्खेत २७ असार :  व्यवसायीहरुलाई परेको समस्यावारे राज्यका निकायको ध्यानाकर्षण गराउन सुर्खेत उद्योग बाणिज्य संघले आन्दोलन शुरु गरेको छ ।

उद्योग उपाध्यक्ष गणेशकुमार बस्नेतको संयोजकत्वमा संयुक्त संघर्ष समिति गठन गरेर आन्दोलन शुरु गर्न लागेको हो ।
समितिले व्यवसायीहरुका समस्याहरुलाई राखेर चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।

जस अनुसार आइतवार दिउँसो विरोध ¥यालीसहित राष्ट्र बैंकको कार्यालयमा पुगेर मागपत्र बुझाइ एक घन्टा धर्ना दिइनेछ ।
संयोजक बस्नेतले त्यसपछि थप अर्को चरणको आन्दोलन घोषणा गर्ने बताए।

सरकारले निजी क्षेत्रलाई राहतका प्याकेज दिनुपर्नेमा उल्टै निचोरेको आरोप लगाउँदै उहाँले व्यवसायीहरुको माग सम्बोधन गर्न आग्रह गरे ।

प्रकाशित मितिः     २७ असार २०७७, शनिबार १८:०३  |