सडक आन्दोलनमा सुर्खेतका उद्योगी व्यवसायी


सुर्खेत २८ असार :  व्यवसायीहरुलाई परेको समस्यावारे राज्यका निकायको ध्यानाकर्षण गराउन सुर्खेत उद्योग बाणिज्य संघले आन्दोलन शुरु गरेको छ ।

उद्योग उपाध्यक्ष गणेशकुमार बस्नेतको संयोजकत्वमा समितिमा गठन भएको संयुक्त संघर्ष समितिले आईतवार सडक आन्दोलन शुरु गरेको थियो ।
समितिले व्यवसायीहरुका समस्याहरुलाई राखेर चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।


दिउँसो विरोध ¥यालीसहित राष्ट्र बैंकको कार्यालयमा पुगेर मागपत्र बुझाइ एक घन्टा धर्ना दिइएको अध्यक्ष धनबहादुर रावतले बताए ।
माग पुरा नभए थप अर्को चरणको आन्दोलन घोषणा गर्ने बताए।

सरकारले निजी क्षेत्रलाई राहतका प्याकेज दिनुपर्नेमा उल्टै निचोरेको आरोप लगाउँदै उहाँले व्यवसायीहरुको माग सम्बोधन गर्न आग्रह गरे ।

प्रकाशित मितिः     3:53:09 PM  |