धम्बोझी पुस्तकको विमोचन


नेपालगञ्ज, असार २८ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ ले विकास निर्माण र पारदर्शिताको सन्दर्भमा जनभावना अनुसार काम गरेको भन्दै प्रशंसा गरिएको छ ।

धम्बोझी नामक पुस्तकको आईतबार भएको विमोचनमा प्रदेशसभा सदस्य आइपी खरेलले प्रमेख रिजाल नेतृत्वको जन निर्वाचित टोलीले वडाबासीको भावना अनुसार काम गरेको बताउनुभयो । नेकपा बाँकेका अध्यक्ष समेत रहनुभएका प्रदेशसभा सदस्य खरेलले राजनीतिक आस्थाका आधारमा विरोधका नाममा विरोध गर्नुभन्दा पनि राम्रो काम गर्ने जनप्रतिनिधीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।


सो अवसरमा नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले वडा कार्यालयले पुस्तकमार्फत आफुले गरेका गतिविधि सार्वजनिक गर्नु आफैमा सकारात्मक भएको बताउनुभयो । उहाँले वडाको विकास निर्माण लगायतका सन्दर्भमा वडाबासी पनि जागरुक हुनुपर्नेमा जोड दिनुभयो । वडा अध्यक्ष प्रमोद रिजालले वडाको चिनारीको रुपमा पुस्तक प्रकाशन गरिएको बताउँदै वडाबासीको निरन्तर साथ र सहयोगमा वडा कार्यालयले काम गर्दै आएको बताउनुभयो । कार्यक्रममा भेरी अस्पताल विकास समितीका अध्यक्ष प्रमोद धिताल, धम्बोझी क्लवका अध्यक्ष देवेन्द्र खड्का, नेकपा नेपालगञ्ज नगर कमिटीका सचिव दत्तप्रसाद आचार्य तरुण दल बाँकेका सचिव विनोद रिजाल लगायत सहभागी रहनुभएको थियो ।

सार्वजनिक सुनुवाई र वडा भेला जारी
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ को आयोजनामा सार्वजनिक सुनुवाई चलिरहेको छ । सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष प्रमेद रिजालले बार्षिक गतिविधि प्रस्तुत गर्नुभएको छ । सार्वजनिक सुनुवाईको सहजिकरण बासले गरेको छ । सार्वजनिक सुनुवाई लगत्तै आईतबार नै वडा भेला समेत हुने भएको छ । टोल विकास समितिका पदाधिकारी तथा सदस्यहरुको भेलामा सहभागिता रहनेछ ।

प्रकाशित मितिः     5:47:26 PM  |