नेपाल बैंक : लिखित परीक्षाको नतिजा सार्वजनिक


नेपाल बैंकले लोकसेवा आयोगमार्फत २७ र २८ मंसिर २०७६ मा लिएकाे लिखित परीक्षाकाे नतिजा सार्वजनिक गरेकाे छ । बैंकले आइतबार  लिखित परीक्षामा उत्तिर्णहरूकाे नाम सार्वजनिक गरेकाे हाे । यसअघि २४ असारमा पनि बैंकले यही मितिमा सञ्चालित परीक्षाकाे नतिजा सार्वजनिक गरेकाे थियाे ।

गत वर्ष मंसिरमा सहायक पदको लिखित परीक्षा सञ्जालन गरिएकाे थियाे ।

सहायक पदमा खुला, महिला, आदिबासी, मधेसीलगायतमा २९ सिटका लागि दरखास्त आह्वान भएकाेमा ५० जना लिखित परीक्षामा सफल भएका छन् । परीक्षामा कुल २ सय ९० जना सहभागी भएका थिए ।

लिखित परीक्षाको नतिजा सार्वजनिक गरे पनि बैंकले उत्तिर्ण परीक्षार्थीको अन्तरर्वार्ताको मिति भने तोकेको छैन । कोभिड–१९ को संक्रमणप्रति सकर्तकता अपनाउने सरकारको निर्णयलाई मध्यनजर गर्दै पछि अन्तर्वाताको मितिसम्बन्धी जानकारी पछि गराइने बैंकले जनाएको छ ।

प्रकाशित मितिः     २९ असार २०७७, सोमबार ०९:४३  |