महाव्याधिविरुद्ध लड्न स्ट्यान्डर्ड चार्टर्डले दियो ३ करोड ५३ लाख


कोभिड-१९ को महाव्याधिविरुद्धको मानवीय सहयोगमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले थप १ करोड ७५ लाख सहयोग गरेको छ । कोभिड-१९ विरुद्धको लडाइँमा स्ट्यान्डर्ड चार्टर्डको यो तेस्रो आर्थिक सहयोग हो ।

योसँगै स्ट्यान्डर्ड चार्टर्डको कोभिड(१९ विरुद्धको कुल सहयोग राशि ३ करोड ५३ लाख पुगेको छ । बैंकले यसअघि नेपाल सरकारको कोषमा १ करोड १६ लाख र पासाङ ल्यामु माउन्टेनेरिङ फाउन्डेसनमार्फत मानवीय सहयोगमा खर्चिन ५८ लाख रुपैयाँ प्रदान गरिसकेको छ ।

‘महाव्याधिको यो कठिन घडीमा हाम्रो यो बैंकले हाम्रा समुदायलाई सहयोग गरिरहने प्रतिबद्धता दोहोयाउन चाहन्छ । एक्सन एडसँगको पछिल्लो साझेदारीले महाव्याधिका कारण अभरमा परेका विपन्नहरूको जीवनमा वास्तविक एवं दीर्घकालीन परिवर्तन गर्नेछ,’ बैंकका सिइओ अर्निभान घोष दस्तिदारले भनेका छन् ।

बैंकले यो तेस्रोपटकको सहयोग भने नेपालका पिछडिएका क्षेत्रमा विभिन्न मानवीय एवं विकासका परियोजना सञ्चालन गरिरहेको आइएनजिओ ‘एक्सन एड इन्टरनेसनल नेपाल’लाई हस्तान्तरण गरेको छ । एक्सन एडले यो रकम नेपालका पिछडिएका क्षेत्रका कमजोर परिवारहरूसम्म मानवीय सहयोग पुयाउन खर्चिनेछ ।

जसअन्तर्गत पिपिई, मास्क, स्यानिटाइजरजस्ता कोभिड–१९ विरुद्धका सुरक्षा एवं सरसफाइका सामग्री र यो महाव्याधिको संक्रमणबाट जोगिने उपाय एवं स्वास्थ्य सचेतनाका कार्यक्रमहरू रहनेछन् । यो परियोजना सीमान्तकृत र जोखिममा रहेका समुदायमा लक्षित रहेको छ ।

प्रकाशित मितिः     ३१ असार २०७७, बुधबार १३:१६  |