१ सय ४२ जना ऋणीलाई पुनरकर्जा दिने निर्णय ( सूची सहित)


नेपालगन्ज ३१ असार :  नेपाल राष्ट्र बैंकले १४२ ऋणीलाई पुनर्कर्जा दिने निर्णय गरेको छ। नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७६ बमोजिम आर्थिक वर्ष २०७६र७७ मा साधारण तथा निर्यात पुनर्कर्जा प्राप्त गर्ने ऋणी तथा बैंकको नाम सार्वजनिक गरेको छ। त्यस्तै निर्यात व्यवसायतर्फका १० ऋणीले पनि पुनरकर्जा प्राप्त गरेका छन्।

कोभिड १९ ले गर्दा सावा र व्याजसमेत भुक्तानी गर्न नसक्ने अवस्थाका ऋणीहरुलाई नेपाल राष्ट्र बैंकले पुनर्कर्जा दिने भएको हो। पर्यटन, होटल, स्टिल, सिमेन्ट, आयात निर्यात गर्ने कम्पनी, उत्पादन मुलक उद्योगमा संलग्न ऋणीलाई पुनर्कर्जा उपलब्ध गराइएको छ।

यस अगाडि बैंकहरुले पुनर्कर्जाको आवश्यकता पर्ने ऋणीहरुसँग निवेदन माग गरेका थिए। ऋणीको निवेदनलाई आन्तरिक मूल्यांकनपछि बैंकहरुले नेपाल राष्ट्र बैंकसँग प्रस्ताव लैजाने व्यवस्था छ। बैंकहरुले बुझाएको विवरणका आधारमा नेपाल राष्ट्र बैंकले पुनर्कर्जा दिने निर्णय गरेको हो।


प्रकाशित मितिः     ३१ असार २०७७, बुधबार १७:२०  |
error: Content is protected !!