सिमेन्ट उद्योगीको निर्णय : साउन १ बाट उधारोमा विक्री बन्द,बाँकी रकम नदिने कालोसूचीमा


काठमाडौ । उद्योगले साउन १ गतेदेखि उधारोमा सिमेन्ट नबेच्ने निर्णय गरेका छन् । नेपाल सिमेन्ट उत्पादक संघमा भेला भएर सम्पूर्ण उद्योगीले भोली (साउन १) बाट उधारोमा सिमेन्ट नबेच्ने सहमति गरेका छन् ।

उधारो, मूल्य, बोनस र कमिसनमा समेत अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि उद्योगीले सम्पूर्ण कारोबार नगदमै गर्ने निर्णय भएको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले क्यापिटल नेपालालाई जानकारी दिए ।

 

अबउप्रान्त उद्योगीले अनिवार्य नगदमा बेच्नुपर्ने छ । सिमेन्ट उद्योगीको बजारबाट उठ्नु पर्ने उधारो नै झण्डै झण्डै खर्ब रुपैयाँ पुग्न लागेपछि उनीहरुले यस्तो निर्णय गरेको थापाले बताए ।

सम्पूर्ण बिक्री कारोबार नगदमा गर्नुपर्ने छ । निर्माण कम्पनी वा कर्पोरेट ग्राहकलाई कम्पनीले उधारो दिनुपर्ने भएमा अनिवार्य रुपमा बैंक ग्यारेन्टी बीजी वा एलसी लिई मात्र दिनुपर्ने छ । उधारोको लिमिट विजीरएलसी भित्र रही अधिकतम उधारो समय ६० दिनसम्मको मात्र हुनुपर्ने निर्णय गरिएको छ ।

प्रकाशित मितिः     ३१ असार २०७७, बुधबार २१:५५  |