तारे होटलका कर्मचारीलाई बम्पर उपहार स्काम नगरी तलब, रिटायर्ड विशेष सुविधा


काठमाडौं । कोरोना भाइरस(कोभिड –१९_ले सबैभन्दा बढी प्रभाव परेको होटल क्षेत्रका श्रमिकहरुले काम नगरेपनि तलब पाउने भएका
छन् । बाचौं र बचाऔंको नीति अख्तियार गर्दै होटल एशोसिएसन अफ नेपाल (हान)ले आफ्ना सदस्य होटबलमा आबद्ध श्रमिकहरुलाई लकडाउन९बन्दाबन्दी०को बेलामा पनि न्यूनतम तलब दिने सहमति गरेको छ ।

श्रमिकसँगको सम्झौता अनुसार न्यूनतम ४ हजार ३ सय देखी १० हजार रुपैयाँसम्म मासिक रुपमा तलब पाउने छन् । होटल बन्द भएपनि श्रमिकहरुले न्यूनत तलब पाउनु पर्ने भन्दै लामो समय देखी सञ्चालकहरुलाई दबाब दिइरहेका थिए । लामो समयको प्रयासपछि श्रमिकहरुसँग सम्झौता गरिएको हानका अध्यक्ष सिर्जना राणाको भनाई छ ।

“यो समयमा हामी सबैलाई समस्या छ,अध्यक्ष राणाले भनिन्,लामो समयसम्म हाम्रै होटलसँग आश्रित भएका श्रमिकहरुको जीविकोपार्जनमा पनि केहि सहज होस भन्ने उद्धेश्यले न्यूनतम तलब दिन लागिएको हो ” । अहिले होटल व्यवसायीहरु धेरै मर्कामा परिरहदा पनि श्रमिकहरुलाई बैंकबाट ऋण लिएर भएपनि तलब दिन लागिएको होटल सञ्चालकहरुको भनाई छ । हान र मजदुर संगठनबीच भएको सम्झौता अनुसार काममा नआएपनि पुस १६ गतेसम्म तलब पाउने छन् ।

सम्झौता अनुसार अप्रिल १३ (बैंशाख १० देखी डिसेम्बर ३१) पुस १६० सम्म तलब पाउने भएका हुन् । सम्झौता अनुसार डिलक्स पाँचतारे (दुईसय भन्दा माथि कोठा भएको) होटल तथा सोहि स्तरको रिसोर्टमा कार्यरत प्रत्यक श्रमिक तथा कर्मचारीहरुलाई मासिक १० हजार रुपैयाँ पाउने भएका छन् । दुई सय कोठा भन्दा कम भएको पाँच तारे होटल तथा सोहि स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरुलाई मासिक ९ हजार,सय कोठा भन्दा बढि भएको चार तारे होटल तथा सोहि स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरुलाई मासिक ८ हजार ४५५ रुपैयाँ पाउने छन् ।


यस्तै सय सय कोठा भन्दा कम भएको चार तारे होटल तथा सोही स्तरका रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीलाई मासिक ८ हजार, तीन तारे तथा सोहि स्तरका रिसोर्टका श्रमिक र कर्मचारीले मासिक ५ हजार, दुई तारे तथा सोहि स्तरका रिसोर्टका कर्मचारी तथा श्रमिकहरुले ४ हजार ३ सय र एक तारे र पर्यटक स्तरीय होटल तथा रिसोर्टहरुले आपसी समझदारीमा श्रमिक तथा कर्मचारीहरुलाई पारिश्रमिक दिनु पर्ने छ । श्रमिक तथा कर्मचारीहरुले तलब सुविधा बाहेक अन्य कुनै सुविधाहरु पाउने छैनन् ।

होटल सञ्चालन गर्नका लागि आवश्यकता बमोजिम व्यवस्थापनले चक्रिय प्रणाली अनुसार आलोपालो गरी काममा लगाइएका श्रमिक, कर्मचारीहरुलाई साविक अनुसार पारिश्रमिक पाउने छन् । काममा नबोलाइएको÷ नलगाएको श्रमिक,कर्मचारीहरुलाई सम्झौतामा उल्लेख गरिए बमोजिमको रकम पाउने छन् ।

लामो समयसम्म होटलमा काम गरेर रिटायर्ट हुन चाहनेहरुका लागि पनि विषेश सुविधा ल्याएको छ । होटलबाट विदा लिएर केहि व्यवसाय सञ्चालन गर्न चाहनेहरुको लागि पाउने सेवा सुविधाहरु सहित विदाई गरिने हानका अध्यक्ष राणाको भनाई छ । उनका अनुसार २५ देखी ३० वर्ष काम गरेका श्रमिकहरुले २० देखी ३० लाख रुपैयाँसम्म उपदान पाउने छन् । त्यस्ता कर्मचारीहरुले पनि यो बेला जागिर छोड्छु भन्ने चाहना राखेमा सहज रुपमा विदाई गर्ने हानका सदस्यहरुको योजना छ ।

प्रकाशित मितिः     8:39:56 AM  |