यसरी लिन सकिन्छ एक्जिम कोड अनलाई सेवा


काठमाडौं। भन्सार विभागले एक्जिम कोड निकासी/पैठारी संकेत नम्बर अनलाई वितरण सुरु गरेको छ। ३० हजार सेवाग्राहीलाई घरबाटै कोड लिन सक्ने गरी विभागले अनलाइन प्राणाली सुरु गरेको हो।

विभागले सोमबारबाट अनलाइन कोड वितरण प्राणालीको सुरुवात गरेको हो। यो प्रणालीको सुरुवात विभाग महानिर्देशक सुमन दाहालले गरेका हुन्।

विभागले निकासीरपैठारी संकेत नम्बर नवीकरण गर्दा भन्सार नियमावली, २०६४ को नियम ६६९घ० बमोजिम कर चुक्ताको प्रमाणपत्र र नवीकरण गरिने अवधिसम्म म्याद भएको तीन लाख रुपैयाँको बैंक जमानत पेश गर्नुपर्ने व्यवस्था छ।

यसरी नवीकरण गर्दा नवीकरण दस्तुर समेत बुझाउनुपर्छ। हालसम्म प्रयोग भईरहेको प्रणालीमा नवीकरण दस्तुर वुझाउने, बैंक जमानत तथा करचुक्ता प्रमाणपत्र पेश गर्ने कार्यको लागि भन्सार विभाग वा भन्सार कार्यालयहरुमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको थियो।

निकासी पैठारी संकेत प्रणालीको नवीकरणलाई स्वचालित रुपले सञ्चालन गर्न हाललाई घर वा कारोवारस्थलबाटै हुने गरी प्रणालीको विकास गरिएको हो।

यसरी लिन सकिन्छ अनलाई सेवा
नवीकरणका लागि निवेदन दिन सेवाग्राहीलाई युजर आइडी र पासवर्ड उपलब्ध गराइने छ। सेवाग्राहीले विभागको वेवसाइटमा गई आफ्नो विवरण भर्न सक्ने व्यवस्था मिलाईएको छ।

सेवाग्राहीले कनेक्ट आइपिएसको प्रयोग गरी राष्ट्रिय वाणिज्य बैंकमा दस्तुर बुझाउन सक्नेछन्। यसका लागि आन्तरिक राजस्व विभागको पोर्टलबाट करचुक्ता प्रमाणपत्रको भन्सार विभागले बिदयुतीय भिडान गर्ने व्यवस्था मिलाईएको छ।

बैंक जमानतलाई समेत सेवाग्राही स्वयमले प्रणालीमा अपलोड गर्ने व्यवस्था मिलाईएको छ।

नवीकरण भएको प्रमाणपत्र घर वा कारोवारस्थलबाटै सेवाग्राहीले प्रिन्ट गरी प्रयोग गर्न सक्ने व्यवस्था विभागले गरेको हो।

प्रकाशित मितिः     ५ श्रावण २०७७, सोमबार १९:१६  |