उद्योग प्रतिष्ठानले कर्मचारी कटौती र पारिश्रमिक नदिएका उजुरी पर्न थाले


नेपालगन्ज ५ असार :  बाँकेका केही उद्योग प्रतिष्ठानले लकडाउन अवधिमा नियम विपरित कर्मचारी कटौतीदेखि पारिश्रमिक नदिने जस्ता कार्य गर्न थालेका छन् ।

श्रम एवं रोजगार कार्यालय नेपालगन्जमा परेका यस्ता उजुरीका सम्बन्धमा छानविन शुरु भएको कार्यालय प्रमुख हरिशंकर चौलागाईले बताए ।

उनले भने,-पारिश्रमिक कटौतीका तीन र तलव नदिएको तीन गरी हालसम्म छ वटा उजुरी परेको छ । यि उजुरीका सम्बन्धमा आवश्यक छानविन गरिरहेको छु ।

श्रम कार्यालयमा औद्योगिक प्रतिष्ठानसंग सम्बन्धित उजुरी र गुनासा आउने क्रम बढेका छन् । लकडाउन खुकुलो भएसंगै उजुरीको संख्या बढेको चौलागाईले जानकारी दिए ।

उनका अनुसार परेका उजुरीको प्रारम्भीक छानविनका क्रममा केही प्रतिष्ठानले नियम बिपरित कर्मचारी कटौती गरेको पाइएको छ । त्यसका विषयमा स्थगलगत अनुगमन समेत गरेर छानविन भइरहेको छ । तलवका हकमा भने सरकारको निर्देशन अनुसार कर्मचारी र प्रतिष्ठानबीच सहमति गराइसकेको चौलागाईले बताए ।

लकडाउनका कारण अधिकास उद्योग, व्यवसाय ठप्प रहे । कर्मचारी घरमै सीमित हुन पुगे । लकडाउनको अवधिमा मात्र होइन लकडाउन खुकुलो हुँदा समेत वितरण प्रणाली अवरुद्ध हुँदा उत्पादन भएका सामाग्री विक्री हुन नसक्दा उदोगीहरु मारमा परे ।

सोही कारण देखाउँदै उद्योगीहरुले कर्मचारी कटौती गरिरहेको पाइएको छ । तर ती सबै नियम संगत हुनुपर्ने चौलागाईले बताएका छन् ।

प्रकाशित मितिः     4:27:30 PM  |