काठमाडौं। नेपाल राष्ट्र बैंकले आफ्ना सात वटा विभाग तथा कार्यालयको नाम परिवर्तन गरेको छ। साउन १ गतेदेखि लागू हुने गरी गभर्नरस्तरीय निर्णयबाट नाम परिवर्तन गरेको हो।
अब अनुसन्धान विभागको नाम आर्थिक अनुसन्धान विभागु भएको छ। सूचना प्रविधि विभाग महाशाखामा परिणत भएको छ। उपत्यका बाहिरका कार्यालयहरुको नाम प्रदेशस्थित कार्यालय मा रूपान्तरण भएको छ।
सामान्य सेवा विभागको नाम सम्पत्ति तथा सेवा ब्यवस्थापन विभाग भएको छ। लघुवित्त प्रवर्द्धन तथा सुपरिवेक्षण विभागको नाम लघुवित्त संस्था सुपरिवेक्षण विभाग नामाकरण गरिएको छ।
संस्थागत योजना विभागको नाम संस्थागत योजना तथा जोखिम ब्यवस्थापन विभाग भएको छ। बैंकिङ कार्यालय बैंकिङ विभाग भएको छ।