मैले शेखर गोल्छालाई नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बनाउँदा पनि धन्यवादसम्म पनि दिएन भनेर भन्नुभएको केही दिन देखि सुनिरहेको छु । सबैभन्दा पहिला म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।
मलाई मतदान गरेर जिताउनु भएका ६३ प्रतिशत मतदातालाई पनि धन्यवाद दिन चाहन्छु । त्यसबाहेक जो जसले मतदान दिनु भएन उहाँहरुलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
तर, मलाई थाहा छ, उद्योग वाणिज्य महासंघमा के हुन्छ रु त्यो पीडा मैले भोगेको छु । त्यसैले म भनिरहेको छु, टीम हुनुपर्छ, चाहिन्छ । टीम भयो भने मात्रै मैले तय गरेको बाटोमा महासंघलाई हिडाउन सक्छु ।
म आज जुन ठाउँमा छु, त्यहाँसम्म आइपुग्नका लागि त्यति सजिलो थिएन । मलाई तीन वर्षसम्म निरन्तर पीडा दिइयो । जसले पीडा दिए उनीहरुलाई पनि धन्यवाद दिन चाहन्छु । पीडा सहनका लागि जुन साथीहरुले शक्ति दिए, उनीहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।
जसले मेरो विरुद्धमा पत्रकार सम्मेलन गरेर विधान संशोधन गरेर तत्काल शेखर गोल्छालाई हटाउनुपर्छ भन्ने जुन साथीहरु हुनुहुन्थ्यो, उहाँहरुलाई पनि धन्यवाद दिन चाहन्छु । जो साथीहरुले तिमी ठिक छौं, मसँग उभिएका छन्, उनीहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।
जो साथीहरुले निषेधको राजनीति गरे, म जहाँ जहाँ गए, त्यहाँ जानका लागि अरु साथीहरुलाई रोके, मलाई केही गर्न दिएनन्, यो शेखर असफल हुन्छ, उसको मिटिङमा नजाउ भन्ने साथीहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।
मलाई मतदान गरेर जिताउनु भएका ६३ प्रतिशत मतदातालाई पनि धन्यवाद दिन चाहन्छु । त्यसबाहेक जो जसले मतदान दिनु भएन उहाँहरुलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
जहाँ म गएँ, हौसला पाएँ र आज यो ठाउँमा पुगेको छु, उनीहरुलाई पनि धन्यवाद दिन चाहन्छु । हरेक कार्यसमितिमा विधान संशोधनको तलवार मेरो टाउकोमा लड्काइरहे उनीहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।
जति साथीहरुले त्यो तलवार हटाएर, तिमी सही बाटोमा छौ, विधान अनुसार जितेका छौं, तिमी भविष्यको अध्यक्ष हौं भनेर हौसला दिनेलाई पनि धन्यवाद दिन चाहन्छु । साथीहरुले भनिरहनु भएको छ– म सबैको अध्यक्ष हुनुपर्छ । त्यो कुरा म मान्छु । भगवानले उहाँहरुलाई सदवुद्धि दिनुभएको छ, उहाँहरुलाई पनि म धन्यवाद दिन चाहन्छु ।
साथीहरु, म अध्यक्ष बन्दै छु । मेरा अघि चुनौतिहरु धेरै छन् । यस्तो समयमा म अध्यक्ष बन्दै छु– हाम्रो अर्थतन्त्रमा सायद, यो भन्दा ठूलो गम्भीर घडी पैदा यो भन्दा अघि कहिल्यै भएको थिएन । हाम्रो अर्थतन्त्र यति कमजोर कहिल्यै पनि थिएन ।
तर, मलाई थाहा छ, उद्योग वाणिज्य महासंघमा के हुन्छ रु त्यो पीडा मैले भोगेको छु । त्यसैले म भनिरहेको छु, टीम हुनुपर्छ, चाहिन्छ । टीम भयो भने मात्रै मैले तय गरेको बाटोमा महासंघलाई हिडाउन सक्छु ।
यस्तो अवस्थामा मैले देशको अर्थतन्त्र उकास्न, उद्योगीको मनोवल उकास्न के गर्ने भनेर बाटो बनाइसकेको छु । कोभिड १९ ले अर्थतन्त्रमा परेको असरलाई निमूल गरेर अर्थतन्त्रलाई फेरी चलायमान गर्नुपर्ने छ ।
उद्योग वाणिज्य महासंघ समस्यालाई समाधान गर्ने संस्था मात्रै बन्नु हुँदैन । समस्या आयो, त्यसलाई कसरी समाधान गर्ने मात्रै भूमिका रह्यो भने हाम्रो सान्दर्भिकता कम हुँदै जान्छ । हामीले आफ्नो अघिको बाटो खोज्नुपर्छ । हामी कुन बाटो जाने रु हाम्रो अर्थतन्त्रको डाइरेक्सन खोज्नुपर्छ ।
यी सबै काम गर्नका लागि मलाई सहज छैन । मेरो सक्सेस रेट के मा भर पर्छ भने मेरो टीम कस्तो हुन्छ । म राजनीति गर्नलाई मात्र आएको भए, मलाई टीम बनाउनुपर्ने कुनै जरुरी थिएन । जो आउँछ, त्यहीसँग मिलेर काम गर्थे ।
नेपालको निजी क्षेत्र कुन दिशमा जाने रु त्यो दिशा पनि तय गर्नुपर्छ । र म नेतृत्वमा आइसकेपछि हामी कुन दिशमा जान्छौ भनेर गृहकार्य गरिरहेको छु । अर्थविद्हरुसँग बसिरहेको छु, पूर्वअध्यक्षसँग सल्लाह गरिरहेको छु । म जिल्लाका साथीहरुसँग कुरा गरिरहेको छु । साना मझौलादेखि ठूला व्यवसायीसँग छलफल गरिरहेको छु । अवको अर्थतन्त्र कुन दिशामा जान्छ भनेर रोडम्याम बनाइरहेको छु ।
अर्थतन्त्र चलायमान बनाउनका लागि हाम्रा प्राथमिकता के के हुनुपर्छ रु त्यस्ता प्राथमिकतालाईलाई आउटलाइन गरिरहेको छु । म नेतृत्वमा आइसकेपछि त्यो बेलाको कार्यकारीणी समितिबाट अनुमोदन गराएर सार्वजनिक पनि गर्नेछु ।
यी सबै काम गर्नका लागि मलाई सहज छैन । मेरो सक्सेस रेट के मा भर पर्छ भने मेरो टीम कस्तो हुन्छ । म राजनीति गर्नलाई मात्र आएको भए, मलाई टीम बनाउनुपर्ने कुनै जरुरी थिएन । जो आउँछ, त्यहीसँग मिलेर काम गर्थे ।
तर, मलाई थाहा छ, उद्योग वाणिज्य महासंघमा के हुन्छ रु त्यो पीडा मैले भोगेको छु । त्यसैले म भनिरहेको छु, टीम हुनुपर्छ, चाहिन्छ । टीम भयो भने मात्रै मैले तय गरेको बाटोमा महासंघलाई हिडाउन सक्छु ।
जसले मेरो विरुद्धमा पत्रकार सम्मेलन गरेर विधान संशोधन गरेर तत्काल शेखर गोल्छालाई हटाउनुपर्छ भन्ने जुन साथीहरु हुनुहुन्थ्यो, उहाँहरुलाई पनि धन्यवाद दिन चाहन्छु । जो साथीहरुले तिमी ठिक छौं, मसँग उभिएका छन्, उनीहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।
अहिले धेरै उद्योगीका समस्या छन् । मैले प्रत्येक उद्योगीसँग उनीहरुका समस्यको बारेमा सोधिरहेको छु । मैले भरखरै नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायण खत्रीसँग सोधेको थिएँ–उहाँहरुको कस्तो पीडा रहेछ भने हामी औषधिमा आत्मनिर्भर हुन सक्छौ । तैपनि आयातीत औषधिलाई प्राथमिकतामा राख्छौं र स्वदेशी औषधिलाई प्राथमिकतामा राख्दैनौ । कसरी चल्छ देश रु कसरी कम हुन्छ व्यापार घाटा रु कसरी देशमा रोजगारी सिर्जना हुन्छ रु कसरी युवाहरुलाई पलायन हुनबाट रोक्न सकिन्छ रु
म यहाँ, राजनीति गर्नका लागि वा फोटो झुन्ड्याउनका लागि आएकै होइन । म केही काम गरौं भनेर आएको व्यक्ति हो । यो संगठन, जसमा मेरो बुबा तथा हजुरबुबा रगत, पसिना छ, पूर्वअध्यक्षहरुको रगत पसिना छ, मेरो दाइहरुको रगत पसिना छ, सबै पदाधिकारीहरुको रगत पसिना छ, यसलाई थप बलियो बनाउन आएको हो । त्यही भएर सम्पूर्ण जिल्लारनगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एसोसिएसट्का साथीहरुको सहयोग चाहिएको छ । अहिले मलाई सहयोग गर्नुस्, अध्यक्ष बनेपछि म सहयोग गर्छु ।
गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष हुन् । क्यापिटल नेपालबाट