नेपालगन्जका श्रमिकको स्वाब परीक्षण


नेपालगन्ज : जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले अति जोखिम क्षेत्रको रुपमा परिचित त्रिभुवन चोकमा जम्मा हुने श्रम क्षेत्रका मानिसहरूको स्वाब संकलन गरेको छ ।
बिहीवार बिहानै देखी उक्त क्षेत्रमा स्वाब संकलनको कार्य सुरु भएको हो ।
त्रिभुवन चोकको श्रम बजारमा बाँके बर्दिया संगै छिमेकी राष्ट्र भारतकाका नजिकका जिल्लाबाट समेत श्रमको लागि आउने गर्दछन ।
लकडाउनको सुरुवाती दिन देखि बन्द रहेको त्रिभुवन चोकको श्रम बजार सरकारले लकडाउनलाई खुकुलो गरे संगै पुनः सकृय रहेको
थियो ।
दैनिक करिब ३-४ सयको हाराहारीमा श्रमकै लागी विभिन्न स्थान देखि उक्त क्षेत्रमा जम्मा हुने गर्दछन । उच्च जोखिममा रहेको उक्त क्षेत्रको स्वाब संकलनको कार्य भैरहेको छ ।
प्रकाशित मितिः     10:33:37 AM  |