आन्तरिक उडानका लागि कस्तो छ नेपालगन्ज विमानस्थलको तयारी ?


नेपालगन्ज ८ साउन :  भदौ १ गतेबाट आन्तरिक हवाई उडान गर्ने सरकारी निर्णय अनुसार नेपालगन्ज विमानस्थलमा तयारी गरिएको छ ।

आन्तरिक हवाई उडानमा सबैभन्दा व्यस्त विमानस्थलका रुपमा रहेको यो विमानस्थल लडकाउनका बेला समेत व्यस्त बन्यो ।

पहाडी जिल्लामा खाद्यन, निर्माण सामाग्रीको ढुवानीदेखि, अलपत्र परेका नागरिकको उद्धारमा विमानस्थल निरन्तर खुल्यो ।

गृहमन्त्रालयको स्वीकृतीका आधारमा भएका उडानबाट झण्डै १२ सय सर्बसाधारणलाई गन्तव्यमा पठाउने काम भएको विमानस्थल स्रोतले जनाएको छ ।

आगामी भदौ १ गतेबाट शुरु हुने हवाई उडानका लागि अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा उपायको तयारी गरिएको विमानस्थलका एटिएस प्रमुख योगेन्द्र कुवँरले बताए ।

विमास्थल प्रवेश गर्दा सर्वसाधारणले सेनिटाइज प्रयोग गर्ने, ज्वरो परीक्षण गर्नेदेखि सामाजिक दुरीमा बस्ने गरी व्यवस्था मिलाइएको छ । विमानस्थलमा बस्नेदेखि त्यहाँको स्वास्थ्य संवेदनशिलता भने सम्बन्धीत कम्पनीले हेरबिचार गर्नेछ ।

लडकउानका बेला नै बिशेष उडान गरिसकेकाले भदौदेखि अन्य उडान गर्न विमानस्थललाई कुनै समस्या हुने छैन ।

प्रकाशित मितिः     ८ श्रावण २०७७, बिहीबार १५:०६  |