गाभर ‘टु’ चुरे हाईकिङ्ग, यस्तो छ प्याकेज


नेपालगन्ज ११ साउन : बाँकेको पर्यटकीयस्थल गाभरबाट चुरेक्षेत्रमा रोमान्चक हाईकिङ्ग गर्नेहरु बढेका छन् । शहरको कोलाहलबाट मुक्ती पाउन यस्ता हाईकिङ्ग औषधी सावित हुने गरेका छन् । हाईकिङ्गका क्रममा शुन्दर चुरे क्षेत्र, कलकल बग्ने खोला, झरना हेर्न पाईन्छ भने सबैभन्दा उचो ठाउँबाट तराईको मनोरम दृश्यावलोकन गर्न पाईन्छ । गाभर सामुदायिक होमस्टे मार्फत गाईड समेत हाईकिङ्ग गराइरहेको अध्यक्ष कृष्ण चौधरी बताउँछन् ।

यसका लागि लाग्ने खर्च भने थोरै छ । बिहानको नास्ता, खाना, पानी समेत गरेर तपाईले रु १ हजारमै हाईकिङ्ग गर्न सक्नुहुनेछ । त्यसबाहेकको अतिरिक्त खर्च भने तपाईमा भर पर्छ ।

प्रकाशित मितिः     ११ श्रावण २०७७, आईतवार ०७:१६  |