हुन्डाई भेन्यू नयाँ गियरबक्समा सार्वजनिक, यस्तो छ मूल्य


काठमाडौं । हुन्डाई मोटरको सव-फोर मिटर एसयूभी भेन्यू नयाँ गियरबक्सको साथ भारतमा सार्वजनिक भएको छ । कम्पनीले म्यानुयल गियरबक्समा पनि क्लच नचाहिने टेक्नोलोजी ‘आईएमटी’को प्रयोग गरेर भेन्यू सार्वजनिक गरेको हो ।

कम्पनीले भारतीय बजारमा यसको एक्स शोरुम मूल्य ९ लाख ९९ हजार भारु तोकेर सार्वजनिक गरेको छ । हुन्डाईले यसमा हाइब्रिड गियरबक्स प्रदान गरेको जनाएको छ ।

हुन्डाई भेन्यू भारतीय बजारमा १ लाख यूनिटभन्दा बढी बिक्री भइसकेको छ । नयाँ गियरबक्स सहित आएको भेन्यूलाई थप स्पोर्टी बनाइएको छ । कम्पनीले यसको एसएक्स, एसएक्स प्लस र एसएक्स अप्सनल भेरियन्टमा नयाँ गियरबक्स प्रदान गरेको छ ।

नेपाली बजारमा पनि भेन्यूले निकै राम्रो व्यापार गर्न सफल भएको मोडल हो । कम्पनीले ‘आईएमटी’ टेक्नोलोजी अटो क्षेत्रमा नै नयाँ खोज भएको दाबी गरेको छ ।

नयाँ गियरबक्सले पहिलेभन्दा राम्रो माइलेज प्रदान गर्ने कम्पनीको दाबी रहेको छ । अहिले कम्पनीले बिक्री गर्दै आएको १।० लिटर टर्बो इन्जिनमा ६ स्पीड म्यानुयल र ७ स्पीड डिटीसी अटोमेटिक गियरबक्स रहेको छ ।

अहिले नेपालमा हुन्डाई भेन्यू किन्न चाहने ग्राहकलाई कम्पनीले १ लाख ५० हजार नगद छुटको व्यवस्था गरेको छ भने, सर्भिस अवधी, एक वर्षको बीमा र एक वर्षको सडक दस्तुर कम्पनीले तिर्ने अफर गरेको छ ।

प्रकाशित मितिः     7:34:58 AM  |