भेरी अस्पतालले पार्किङ्ग शुल्क हटायो, अन्य अस्पतालले अझै लिदै


नेपालगन्ज २७ असार :  भेरी अस्पताल व्यवस्थापन समितिले पार्किङ्ग हटाउने निर्णय कार्यान्वयन गरेको छ ।

बिरामी एवं अन्य सेवाग्राहीका साईकलदेखि ठूला गाडीसम्मबाट पार्किङ्ग शुल्क लिने गरिन्थ्यो । त्यसले सेवाग्राहीलाई मर्का पारेको भन्दै आलोचना भएपछि अस्पताल विकास समितिले पार्किङ्ग शुल्क हटाएको हो ।

साउन महिनादेखि शुल्क हटाउँदा सेवाग्राहीले राहत महसुस गरेको अध्यक्ष धितालले बताए ।

अहिले सेवाग्राहीलाई पार्किङ्ग शुल्क दिनुपर्ने समस्याबाट मुक्ती पाएका छन् । भेरी अस्पतालले पार्किङ्ग शुल्क हटाएपनि अन्य निजी अस्पतालले भने शुल्क लिने गरेका छन् ।

प्रकाशित मितिः     ११ श्रावण २०७७, आईतवार १४:३३  |