वाणिज्य फर्मको दर्ता तथा नविकरण प्रकृया सम्बन्धि सामान्य जानकारी


व्यापार व्यवसाय कुनै पनि देशको अर्थ व्यवस्थाको मेरुदण्ड हो । वस्तु विनियमबाट सुरु भएको आन्तरिक व्यापार आज सूचना संचार तथा यातायातको अत्याधुनिक सुविधाका कारण विश्व बजारमा आवद्ध छ । व्यापारिक फर्मलाई कानुनी मान्यता प्रदान गर्न विभिन्न ऐन नियमहरु निर्माण भएका छन् । e-commerce को माध्यमबाट सबैको पहुँच विश्वबजार भर हुन पुगेको छ । घरमै बसि बसि इन्टरनेट मार्फत समान मगाउन सक्ने र सोही माग बमोजिम समान घरमै पुर्याउने ब्यबस्था यसमा हुन्छ । रकम भुक्तानी प्रक्रिया पनि डेलिवरी समयमा वा इन्टरनेट मार्फत नै रकम भुक्तानी हुने गरी ब्यबस्था मिलाएको हुन्छ ।

नेपालमा पनि अनौपचारिक रुपमा e-commerce को अभ्यास भैरहेको पाईन्छ भने सो को नियमन गर्ने कानुनी ब्यबस्था भै सकेको अवस्था छैन । e-commerce सम्बन्धि कानुनी ब्यबस्थाको आवस्यक्ता महशुस गरि कानुन तर्जुमाको तयारी भईरहेको छ । ब्यापारिक फर्म दर्ता तथा नविकरणको माध्यमबाट व्यापारिक क्रियाकलापहरु करको दायरामा आई राजश्व वृद्धि हुने, व्यापारिक अनिमियता तथा अपराध नियन्त्रण भई उपभोक्ता हित अभिवृद्धि गर्न, स्वच्छ प्रतिस्पर्धा कायम गर्न सजिलो हुन्छ । वर्तमान खुल्ला व्यापार नीतिको परिपेक्ष्यमा राज्यले व्यापार व्यवसायमा नियन्त्रण गर्नुभन्दा सहजीकरण मात्र गरिनु पर्ने निति तर्फ उन्मुख रहेको पाईन्छ । ब्यबसाय दर्ता तथा नियमन सम्बन्धि कानूनी ब्यबस्था निम्न ऐन तथा नियमावलीहरुले गरेको छ ।
क) कम्पनी ऐन, २०६३, ख) प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४, र नियमावली, २०३४
ग) साझेदारी ऐन, २०२० घ) एजेन्सी ऐन, २०१४ । ङ) उपभोक्ता संरक्षण ऐन २०७५ र उपभोक्ता संरक्षण नियमावली २०७६ ।

व्यापारिक फर्मका प्रकार :–
ऐन अनुसार वर्गीकरण गर्दा व्यापारिक फर्महरु ४ प्रकारका छन् :
क) कम्पनी ख) प्राइभेट फर्म ग) साझेदारी फर्म घ) एजेन्सी

उदेश्य अनुसार व्यापारिक फर्महरु निम्न प्रकारका रहेका छन् :
(क) स्थानीय व्यापार (ख) भारत आयत (ग) भारत निर्यात (घ) भारत आयत–निर्यात
(ङ) समुन्द्रपार आयत (च) समुन्द्रपार निर्यात ( छ) समुन्द्रपार आयात–निर्यात

व्यापारिक फर्मको दर्ता प्रक्रिया :
प्राईभेट फर्म रजिष्टे«शन ऐन २०१४ तथा प्राईभेट फर्म रजिष्टे«शन नियमावली २०३४ बमोजिम प्राईभेट फर्म र साझादारी ऐन २०२० बमोजिम साझदारी फर्म बाणिज्य बिभाग र सो अन्तरगतका बाणिज्य कार्यालयहरुबाट दर्ता हुन्छ । हाल बाणिज्य कार्यालय नभएका जिल्लाहरुमा घरेलु तथा साना उद्योग कार्यालय र घरेलु तथा साना उद्योग बिकास समितीबाट स्थानिय ब्यापारको उदेश्य भएका प्राईभेट फर्म र साझदारी फर्म दर्ता हुने गरेको छ । संघियता लागु भए पछि प्राईभेट फर्म रजिष्टे«शन ऐन संशोधन भै प्रदेशस्तरमा प्राईभेट फर्मको दर्ता, नविकरण र सो सम्बन्धि अन्य ब्यबस्था प्रदेश कानुनमा ब्यबस्था भए बमोजिम हुने ब्यबस्था रहेको छ । प्रदेश सरकारले कानुन बनाएर प्राईभेट फर्म दतार्, नविकरण, नाम सारी, नाम परिवर्तन तथा अन्य संशोधनको संबन्धमा ब्यबस्था गर्न सक्नेछन ।
एजेन्सि दर्ताको कार्य बाणिज्य बिभागबाट मात्र हुँदै आईरहेको छ । कम्पनी ऐन अनुसार कम्पनीको दर्ता कम्पनी रजिष्ट्रारको कार्यालयबाट हुन्छ । कुनै कम्पनीको कानूनी अस्तित्व मात्र सिर्जना हुने र अन्तिम सञ्चालन अनुमति ईजाजत सम्बन्धित निकायबाट लिनुपर्ने प्रावधान रहेको छ । कम्पनीले ब्यापार गर्नकोलागि बाणिज्य बिभागमा र उद्योग संचालन गर्नकोलागि उद्योग बिभाग वा अनतरगतका घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरी अनुमति लिनुपर्ने हुन्छ ।
ब्यबसाय दर्ता भैसकेपछि PAN/VAT दर्ता गरी ब्यापार ब्यबसाय संचालन गर्नु पर्दछ । बैदेशिक ब्यापार गर्नकोलागि फर्मको बैदेशिक ब्यापारको उदेश्य हुनु आवस्यक हुन्छ । त्यस्तो उदेश्य दर्ता गर्दा बखत वा आवस्यक परेको अवस्थामा बाणिज्य बिभाग वा बाणिज्य कार्यालयहरुबाट थप गर्न सकिन्छ । बैदेशिक ब्यापारको उदेश्य भएका प्राईभेट फर्महरुको दर्ता तथा नविकरणर संघिय कानुन बमोजिम बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण बिभाग वा अन्तर्गतका बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयहरुबाट हुन्छन । बैदेशिक ब्यापारको उदेश्य भएका फर्मले मात्र EXIM CODE पाउन सक्दछन र EXIM CODE लिएर मात्र बैदेशिक ब्यापार गर्न सकिन्छ । EXIM CODE हाल भन्सार बिभाग र सो मातहतका भन्सार कार्यालयहरुबाट जारी हुँदै आएको छ ।
१.प्राईभेट फर्मको दर्ताका लागि आवश्यक कागजातहरु :
१) निर्धारित ढाँचाको दरखास्त फाराम र कबुलियतनामा ।

२) नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र सक्कल ।

३) हालसालै खिचिएको पासपोर्ट साईजको फोटा ३ प्रति ।

४) स्थानिय ब्यापारको उदेश्य भएको हकमा सम्बधित स्थानिय तहको सिफारिस पत्र ।

५) औषधि सम्बन्धि कारोबार गर्नेको हकमा औषधि व्यवस्था विभागको सिफारिस पत्र ।

६) विषादीजन्य व्यवसाय दर्ताको लागि सम्बन्धित कृषि बिज्ञ केन्द्रको सिफारिस पत्र ।

७)एक जना नेपाली नागरिकता भएको साक्षि र निजको नागरिकताको प्रतिलिपि

८) दलित समुदाय तथा बिपन्न बर्गका ब्यक्तिले छुट सुबिधाको लागि सम्बन्धित निकायबाट फोटो समेत प्रमाणित भएको शिफारिश पत्र


९) मासु पसलको हकमा पशु सेवा बिज्ञ केन्द्रको सिफारिस

१०) व्यवसायी स्वयम् आफै उपस्थित हुनुपर्ने छ ।

२. प्राइभेट फर्मको नवीकरणका लागि आवश्यक कागजातहरु :-
प्राईभेट फर्म दर्ता भएको मितिले पाँच बर्ष पछि र नविकरण भएको मितिले दुई बर्ष पछि नविकरण गराउनु पर्दछ ।

नविकरण गराउँदा निम्न कागजात पेश गनू पर्दछ ।
१) निर्धारित ढाँचाको दरखास्त फाराम ।

२) फर्म दर्ताको सक्कल प्रमाण पत्र ।

३) कर चुक्ता प्रमाण पत्र (असोज मसान्तसम्मको लागि अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र र त्यस पछि सोही वर्षमा कर चुक्ता प्रमाण पत्र । )

४) पचास लाख वा सोभन्दा बढी पूँजी भएको फर्मको हकमा लेखापरीक्षण प्रतिवेदन)

५) मासु पसलको हकमा पशु सेवा बिज्ञ केन्द्रको सिफारिस ।

३. मिति २०७६/११/१९ गते देखी लागु भएको नयाँ प्राईभेट फर्मको दर्ता र नविकरण दस्तुर :–

११ माथि जुन सुकै कुरा लेखिएको भएतापनि मिति २०७६।११।१८ गते सम्म नविकरण गराउनु पर्ने मिति रहेको हकमा यो भन्दा पहिले अर्थात २०७६।११।१८ गते कायम रहेको दस्तुर लाग्नेछ ।

४. साझेदारी फर्मको दर्ताका लागि आवश्यक कागजातहरु :–
१) निर्धारित ढाँचाको दरखास्त फाराम र कबुलियतनामा । २) सबै साझेदारीको नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र सक्कल । ३) सबै साझोदारीको हालसालै खिचिएको पासपोर्ट साईजको फोटो ३/३ प्रति । ४) मासु सम्बन्धीको कारोबार गनेृको हकमा पशु सेवा बिज्ञ केन्द्रको सिफारिस पत्र । ५) औषधि सम्बन्धीको कारोबार गर्नेको हकमा औषधि व्यवस्था विभागले सिफारिस पत्र । ६) विषादीजन्य व्यवसाय दर्ताको लागि सम्बन्धित कृषि विकास कार्यालयको सिफारिस पत्र । ७) सबै साझेदारीहरु स्वम् आफै उपस्थिति हुनुपर्ने छ । ८) सबै साझेदारहरुको आपसी सहमतिमा साझोदारी ऐन, २०२० बमोजिम नेपाली कागजमा टाईप गरिएको सम्झौता पत्र । ९) स्थानिय ब्यापारको उदेश्य भएकाको हकमा सम्बन्धित स्थानिय तहको शिफारिश पत्र । १०) सवै साझदार उपस्थित हुनु पर्नेछ ।
५. साझेदारी फर्म नविकरणका लागि आवश्यक कागजातहरु : –
साझेदारी फर्म प्रत्यक आर्थिक बर्षको लागि नविकरण गराउनु पर्दछ । नविकरण गराउँदा निम्न कागजातहरु पेश गनू पर्दछ ।
१) निर्धारित ढाँचाको दरखास्त फाराम । २) फर्म दर्ताको सक्कल प्रमाण–पत्र । ३) असोज मसान्तसम्मको लागि अघिल्लो आर्थिक वर्षको कर तिरेको निस्सा र त्यस पछि सोही वर्षमा कर तिरेको निस्सा । ४) फर्मको लेखापरिक्षण प्रतिवेदन । ५) मासु सम्बन्धीको कारोबार गनेृको हकमा पशु सेवा बिज्ञ केन्द्रको सिफारिस पत्र ।
६.साझेदारी फर्मको दर्ता दस्तुर :–

७.साझेदारी फर्म नविकरण सम्बन्धि ब्यबस्थाः–
साझेदारी फर्म जुन आ.व.. मा दर्ता गरेको हो सो आ.व.को अषाढ मसान्तसम्म बहाल रहने हुँदा म्याद समाप्त हुन अगावै आगामी वर्षको लागि नविकिरण गर्नुपर्ने छ । म्याद नाघेको ३५ दिनभित्र नविकरण गर्न आएमा नवीकरण दस्तुर मात्र र म्याद नाघेको ३५ दिन पछि नविकरण गर्न आएमा प्रति साझेदार रु. ५०।– का दरले जरिवाना समेत र २ वर्ष वा सोभन्दा बढी समयको लागि नविकरण गर्नु परेमा प्रति साझेदार प्रति वर्ष रु ५०।– का दरले जरिवाना र पुँजी अनुसारको पुनः दर्ता शुल्क समेत लिई साझेदारी फर्म नविकरण गर्न सकिने छ ।
८. ऐजेन्सी दर्ताका लागि आवश्यक कागजातहरु :–
एजेन्सि दर्ता बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभाग बबरमहल काठमाण्डौबाट गर्न सकिन्छ । यो सुबिधा हाल बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयहरु र घरेलु तथा साना उद्योग कार्यालयहरुबाट उपलब्ध नभएकोले एजेन्सि दर्ताकोलागि सबै जिल्लाहरुबाट काठमाण्डौ नै जानु पर्ने अवस्था रहेको छ ।
१ सम्बन्धित फर्म कम्पनीको निवेदन वा पत्र । २.रितपूर्वक दर्ता तथा नवीकरण रहेको कम्पनी, प्राइभेट फर्म तथा साझेदारी फर्मको प्रमाण–पत्रको प्रतिलिपी । ३.पान तथा भ्याटको प्रमाण–पत्रको प्रतिलिपी । ४.सम्बन्धित कम्पनीले एजेन्सी दिन मञ्जुर गरेको प्रमाण–पत्रको प्रतिलिपी । (Validity सहितको पत्र) ५.तोकिए बमोजिम राजश्व दस्तुर

९.नविकरण समयमै गराउनु पर्ने :–
नविकरण मितिले ३५ दिन भित्र नविकरण गर्न आएमा तोकिएको नवीकरण दस्तुर, ३६ औँ दिनदेखि ३ महिनासम्म तोकिएको नवीकरण दस्तुरको दोब्बर र सो समयभन्दा माथि १ वर्षसम्म तोकिएको नविकरण दस्तुरको तेब्बर दस्तुर लाग्दछ । नविकरण गराउनु पर्ने अवधि शुरु भएको मितिले एक बर्ष पछि भने नविकरण हुने ब्यबस्था छैन । तर नविकरण दस्तुर, थप दस्तुर तथा जरिवाना रकम थप भै रहने भएकोले त्यस्ता प्राईभेट फर्मको समयमै नविकरण गराउनु वा ब्यबसाय बन्द गरिसकेको छ भने खारेज गराई थप दस्तुर तथा जरिवानाबाट जोगिन सकिनेछ ।
१०.नविकरण सम्बन्धि विषेश ब्यबस्था :–
प्राईभेट फर्म रजिष्टे«शन नियमावली २०३४ को बाह्रौं संशोधनबाट एक वर्ष भन्दा बढी समयसम्म नविकरण नभएका प्राइभेट फर्मको धनिले नविकरण गराउन चाहेमा रु वीस लाख सम्म पूँजी भएको फर्मको हकमा प्रत्येक वर्षको रु२५००। (दुइ हजार पाँच सय) तथा वीस लाख भन्दा बढी पूँजी भएको फर्मको हकमा प्रत्येक वर्षको रु५५००। (पाँच हजार पाँच सय ) र प्रत्येक नविकरण अवधिको नविकरण दस्तुरको तेब्बर लिइ २०७७ आषाढ मसान्तसम्म नविकरण गर्न सकिने ब्यबस्था रहेको थियो । सो अवधि पछि भने १ बर्ष भन्दा बढी समय नविकरण नभएका फर्मको नविकरण कार्य हुने छैन ।
११. प्राइभेट फर्म खारेजी :–
देहायको अबस्थामा प्राईभेट फर्म खारेज गर्न सकिने ब्यबस्था छ ।
१) व्यवासायीले निवेदन दिएमा । २) तोकिएको अवधिभर नविकरण नगराएमा । ३) एकै व्यक्तिको नाममा एक भन्दा बढी प्राइभेट फर्म दर्ता भएमा । ४) विभागले फर्म सम्बन्धी विवरण माग गर्दा तोकिएको अवधिभित्र सो विवरण पेश नगरेमा ५) प्राइभेट फर्मले ऐन नियम विपरित हुने कुनै काम गरेमा ।
फर्म खारेज गर्दा पेश गर्नुपर्ने कागजातहरु :–
१) निवेदन तथा सक्कल प्रमाण–पत्र । २) पान तथा भ्याटको प्रमाण–पत्रको प्रतिलिपी । ३) दस्तुर तिरेको निस्सा । ४) कर चुक्ता प्रमाण–पत्र ।५) खारेज गर्दा फर्मको प्रोप्राइटर सक्कल नागरिकता सहित स्वम् उपस्थित हुनुपर्ने । ६) खारेज भएका फर्महरुले विना दर्ता फर्मको नामबाट कारोबार गर्नु हुँदैन ।
१२. प्राइभेट फर्म संशोधन, नामसारी र खारेजी गर्दा लाग्ने दस्तुर :–
– फर्मको नाम परिवर्तन गर्दा पुँजी अनुसार नयाँ दर्तामा लाग्ने दस्तुरको ५० प्रतिशत दस्तुर लाग्नेछ ।
– फर्मको नामसारी गर्दा पुँजी अनुसार नयाँ दर्तामा लाग्ने सरहको दस्तुर लाग्नेछ ।
– मनिट्रान्सफरको कारोबार थप गर्दा पूँजी अनुसारको दस्तुर पुनः लाग्नेछ । साथै मनिट्रान्सफरमा अन्य कारोवार थप गर्दा पनि नयाँ दर्ता सरह दस्तुर लाग्ने छ ।
– फर्मको पुँजी बृद्धि गर्दा हालको पूँजी अनुसार लाग्ने दस्तुरमा पहिले बुझाएको दस्तुर कट्टा गरी बाँकी हुन आउने दस्तुर लाग्ने छ ।
– फर्मको ठाउँसारी गर्दा रु. १००।–, शाखा थप गर्दा रु. १००।–, प्रतिलिपि लिँदा प्रति प्रतिलिपि रु ३००।–, शाखा खारेजी गर्दा रु. १००।–, कारोबार थप गर्दा रु. १००।–, कारोबार घटाउँदा रु. १००।– दस्तुर लाग्ने छ ।
– फर्म खारेजी गर्दा रु. १००।– दस्तुर र फर्म खारेजी गर्दा सबै किसिमको नबिकरण दस्तुर र जरिवाना बाँकी भए सो समेत लाग्ने छ ।
१३। संशोधन र नामसारी गर्दा पेश गर्नुपर्ने कागजात :–
आफूले सञ्चालन गरेको फर्म सञ्चालन गर्न नसक्नाको कारण खुलाई अन्य व्यक्तिको नाममा नामसारी गर्न चाहेमा आवश्यक प्रक्रिया पुरा गरी नामसारी गर्न सकिने छ । प्रोप्राइटरको मृत्यु भएमा आवश्यक प्रक्रिया पुरा गरी (सूचना प्रकाशन समेत गरी) हकवालाको नाममा नामसारी गर्न सकिने छ ।
१) नमुना अनुसारको दर्ताको विवरण खुल्ने निवेदन । २) फर्मको सक्कल प्रामाण–पत्र तथा एक प्रति प्रतिलिपि । ३) कर चुक्ता प्रमाण पत्र । ४) पान÷भ्याट प्रमाण–पत्रको प्रतिलिपि । ५) नामसारीका लागि फर्म लिनेदिने दुवै सक्कल नागरिकता सहितको उपस्थित हुनु पर्ने । ६) पासपोर्ट साइजको फोटो ३ प्रति । ७) मृत्यु भई हकवालाको नाममा नामसारी गर्दा मृत्यु दर्ता प्रमाण–पत्रको प्रतिलिपी, नाता प्रमाणित कागजातको प्रतिलिपी । ८) हकदावी सम्बन्धी पत्र पत्रिकामा प्रकाशित गरेको सूचनाको प्रतिलिपी ।
१४. एजेन्सी नविकरण गर्दा पेश गर्नुपर्ने कागजातहरु :–
– निवेदन, कम्पनी तथा फर्म अध्यावधिक हुनुपर्ने, Validity Date हुनुपर्ने, त्रैमासिक प्रगतिको विवरण हुनुपर्ने, तोकिए बमोजिम जरिवाना तथा राजश्व दस्तुर । हाल एजेन्सी दर्ता सम्बन्धी अधिकार विभागमा मात्र निहित रहेको छ ।
१५. पुँजी वृद्धि :–
विगतमा न्यूनतम पूँजीमा प्राइभेट फर्म तथा साझेदारी फर्म दर्ता गरी कारोबार सञ्चालन गरेका व्यवसायिहरुलाई २०७० साउनबाट मापदण्ड अनुसार पुँजि कायम गर्नुपर्ने ब्यबस्था रहेको छ । फर्मको नविकरण संशोधन, ठाउँसारी, नामसारी लगाएतको कुनै पनि सेवा लिंदाको अवस्थामा मापदण्ड अनुसारको न्युन्तम पुँजि कायम गर्नू पर्दछ । जस्तै बैदेशिक आयात निर्यातको उदेश्य थप गर्दा र थोक कारोवार थप गर्दा नगरपालिका क्षेत्रमा न्युन्तम पुजि क्रमशः रु २०,००,०००।– र ६०,००,०००।– कायम गर्नुपर्ने हुन्छ ।
१६.सूर्तिको आयात ईजाजत पत्रको लागि आवश्यक कागजात र दस्तुर :–
एक पटकमा बढिमा एक करोड रुपैयाँ र ६००० केजि सम्मको औधोगिक प्रयोजनकोलागि कच्चा सुर्ति ल्याउनकोलागि यस कार्यालयबाट बढिमा छ महिनाको अवधि तोकि सुर्तिको आयात ईजाजत पत्र जारी गरिन्छ । सूर्तिको आयात ईजाजत पत्रको लागि आवश्यक कागजात र दस्तुर निम्नानुसार आवस्यक पर्दछ :– १) निर्धारित ढाँचाको दरखास्त फाराम । २) सम्बन्धित निकायबाट दर्ता भएको नविकरण म्याद भएको फर्म तथा कम्पनीको प्रमाणपत्रको फोटोकपी । ३) आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको प्रमाण–पत्र र कर चुक्ता प्रमाण–पत्र फोटोकपी । ४) सम्बन्धित प्रोप्राइटर स्वयं उपस्थित हुनु पर्ने । प्रोपराईटर उपस्थित नभएको अवस्थामा तोकिए बमोजिम अख्तियारनामाको पत्र, अधिकार प्राप्त व्यक्तिको परिचय खुल्ने कागज वा नागरिकताको फोटोकपी । ५) दरखास्त दस्तुर रु. १००।– र आ.ई.प. दस्तुर रु. ५०००।– गरी जम्मा रु. ५,१००।– दस्तुर लाग्ने छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघद्धारा प्रकाशित अर्थ सम्बृद्धि त्रैमासिक पत्रिकाबाट

प्रकाशित मितिः     7:00:14 AM  |