‘सेफ्टी प्रोटोकल’ अवलम्बन गरेर बिहिवारदेखि तारे होटल सन्चालनको तयारी


नेपालगन्ज १४ साउन :  बिहिवारदेखि बाँकेका तारे होटल तथा रेष्टुरेन्टहरु सञ्चालनको तयारी भइरहेका छन् । प्रोटोकल अपनाएर होटल सन्चालनको तयारी भइरहेको छ ।
हाल होटलहरु बन्द नै छन् भने रेष्टुरेन्टहरुमा प्याकिङ र टेक अवे सेवा मात्र दिने अनुमति छ ।

होटल खोल्ने भए पनि सामूहिक भोज, पार्टीजस्ता गतिविधि गर्न भने पाइने छैन ।

ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय पनि साउन १५ बाट खोल्न सकिने छ । ‘हिउँदे सिजनको पर्यटन व्यवसायलाई ध्यानमा राखेर यो निर्णय गरिएको हो’ उनले भने ।

चैत ११मा लकडाउन भएसँगै होटलहरु बन्द भएका थिए । त्यसभन्दा अघिदेखि नै पाहुना नभएर होटलहरुको अवस्था खराब बनेको थियो । लकडाउनले बढी प्रभावित क्षेत्रको सूचीमा होटल तथा उड्डयनलाई राखिएको छ ।

होटेल व्यवसायीले लकडाउन खुलेपछि पनि तत्कालै पर्यटक नआउने भएकाले लामो सयमसम्म असर परिरहने बताएका छन् । यसैका आधारमा उनीहरुले मजदुरसँग तलबबारे समझदारी पनि गरेका छन् ।
मजदुरलाई समेत रोजीरोटीबाट विमुख नबनाउने गरी मजदुर र व्यवसायीबीच समझदारी बनेको छ ।

प्रकाशित मितिः     4:27:08 PM  |