फोहोर फालेको भन्दै २० हजार जरिवाना, भण्डारी भन्छन्- कृषि फार्ममा लैजादै गर्दा जरिवाना तिराए


नेपालगञ्ज, साउन १४ । नेपालगञ्जको कारकादौंमा रहेको भाटभटेनी सुपर मार्केटलाई नेपालगञ्ज उप–महानगरपालिकाले जरिबाना तिराइएको छ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर २० ले निषेधित क्षेत्रमा फोहोर फालेको भन्दै सुपरमार्केटलाई २० हजार रुपिया जरिबाना गराएको हो ।


वडा अध्यक्ष कृष्ण कार्कीले डुडुवा खोलामा बगाउन लगिएको अवस्थामा राझाचोकमा २ वटा रिक्सामा रहेको फोहोर नियन्त्रणमा लिइएको बताउनुभयो । फोहोर ल्याण्डफिलसाईटमा पठाएर, रिक्सा छोडिएको वडा अध्यक्ष कार्कीले बताउनुभयो । वडाभित्र फोहोर गर्ने जुनसुकै भएपनि कारवाही गरिने कार्कीले बताउनुभयो ।

प्रकाशित मितिः     6:41:53 PM  |