घरेलु महासंघका नवनिर्वाचित कार्यसमितिलाई सम्मान, खजुरामा लगानी भित्रा्उने विषयमा छलफल


नेपालगन्ज १६ साउन :  नेपाल घरेलु तथा साना उद्योग महासंघ खजुरा गाउँपालिका समिति तथा महिला उद्यमी समितिको आयोजनामा नवनिर्वाचित जिल्ला एवं केन्द्रीय कार्यसमितिलाई स्वागत एवं सम्मान गरिएको छ ।

खजुरा गाउँपालिका अध्यक्ष किस्मत कक्षपतिको प्रमुख आतिथ्यता, उपप्रमुख एकमाया बिकको बिशेष आतिथ्यतामा भएको कार्यक्रममा महासंघ केन्द्रीय उपाध्यक्ष पुर्ण बहादुर भन्डारी, केन्द्रीय सदस्य कुबेर रिजाल, ५ न प्रदेश महिला उद्यमि समिती उपाध्यक्ष कृष्णा पाठक, जिल्ला अध्यक्ष मधु खड्का, जिल्ला महिला उद्यमि समिती अध्यक्ष सुमित्रा चौधरी लगायत जिल्लाका पदाधिकारी ,जिल्लाका महिला उद्यमि पदाधिकारिहरु, जिल्लाका सबै पालिका समितिका तथा महिला उद्यमि समितिका अध्यक्ष तथा महासचिव आथिथ्यतामा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा महासघं जिल्ला अध्यक्ष मधु खड्काले हालका उद्योग संचालनमा देखा परेका कच्चा पदार्थ, विद्युत पटक पटक काटिने, उद्योगमा कामगर्ने दक्ष जनसक्ती अभाव तथा भयका जनशक्ति भारत फिर्ता गएका, बजार साधुरिदै जानू जस्ता समस्याहरु रहेको भन्दै आगमी दिनमा जनशक्ति उत्पादन तथा विभिन्न सहयोग महासघंले गरि उद्योगहरु अगाडी बढाउन तर्फ लाग्ने बताइन ।

उक्त कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले खजुरामा बन्न लागेको औधोगिक ग्रामका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला समिती बाँके र नेपालगन्ज उद्योग बाणिज्य संघसंग मिलेर यहि आर्थिक बर्षको मध्यतिर लगानी सम्मेलन गर्ने, पालिका जमानी बसि बिना धितो बिदेश बाट फर्केका तथा यहिका युवाहरुलाइ कर्जा उपलब्ध गराउने र प्रती बर्ष १०० नया उद्यगि बनाउने, खजुराको महासंघ समिती संग मिलेर विभिन्न कार्यक्रमहरु गर्ने, कार्जाको दुरुपयोग हुनाले ब्यापारमा समस्या हुने भनी कर्जा सहि प्रयोग गर्न सल्लाह समेत विभिन्न हौसला दिने बताए ।

कार्यक्रममा प्रमुख अतिथी बोल्दा लकडाउनले समस्या परेको उद्योग माथी उठाउन मद्दत हुने भयपछी उपस्थित उद्यमिहरु निकै हर्षित भयका थिय ।
नेपाली सस्कृती साउन १५ मा खिर खुवाउनुका साथै सम्मानमा नेपाली उत्पादन गम्छा प्रयोग गरिएको थियो।

कार्यक्रम संचालक महासघ खजुरा महासचिव सुजता खरेल तथा अध्यक्षता खजुरा महासघ समिती अध्यक्ष सुर्य नेपाली तथा स्वागत खजुरा महिला उद्यमि समिती अध्यक्ष राधिका केसीले गरेकी थिइन ।

प्रकाशित मितिः     १६ श्रावण २०७७, शुक्रबार ०८:०३  |