होटल चलाउने दिनमै लकडाउनको खबरले मन खिन्न्


नेपालगन्ज १५ साउन : सरकारले लकडाउनपछि बन्द भएका होटल र पर्यटन क्षेत्र साउन १५ देखि खुला गर्ने निर्णय गरे पनि धेरै होटल बिहीबार खुल्न सकेनन् ।

बाँकेका तारे एवं अन्य होटल सन्चालनको सम्पूर्ण तयारी भएको थियो । होटल खोल्ने तयारी भएकै बेला बिहीबार साना हाटेल र रेष्टुरेन्टले सीमित कर्मचारी बोलाएर सरसफाइलगायत काम सुरु गरे पनि अधिकांश ठूला होटलको गेट भने बन्द नै रहृयो ।

सरकारले १५ साउनबाट होटल खोल्ने निर्णय गरे पनि लामो दूरीको यातायात नचलेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएका कारण होटलमा तत्काल पाहुना आउने सम्भावना छैन ।

त्यसैले होला व्यवसायीलाई १५ साउनको चटारो खासै देखिएन । सबैजसो होटलले स्वास्थ्य निर्देशिका अनुसार बनाउनुपर्ने पूर्वाधार र तालिका बनाएका छन् ।

लकडाउनमा होटल बन्द रहेको अवस्थामा समेत मार्किङ, रंगरोगन, मर्मत सम्भार तथा सरसफाइको काम जारी राखिएको थियो । त्यसरी तयार भएका संरचनामा कर्मचारीलाई अभ्यस्त बनाउने कामसमेत यही बीचमा जारी थियो ।

आजबाट खुल्दै छन् बाँकेका तारे होटल, यस्तो छ सोल्टी र सिद्धार्थको ‘सेफ्टी प्रोटोकल’(भिडियो)

प्रकाशित मितिः     १५ श्रावण २०७७, बिहीबार २२:५३  |