२०२५ सालतिर बिरेन्द्रनगरको बैंकमा यसरी पु¥याइन्थ्यो पैसा


बिरेन्द्रनगर, सुर्खेत
भर्खर -भर्खर मात्र बैंक खुलेको छ । सडक पनि राम्ररी बनिसकेको छैन । २०२२ सालमा बिमानस्थल बनेपछि बिरेन्द्रनगरले बिकासको ढोका खोले पनि यहि बस्ती बस्न निकै कठिन भएको थियो । औलोको अत्यधिक प्रकोपले गढी सदरमुकाममा नै सबै प्रमुख काम हुन्थ्यो । पहिले चौहानचौर भनिए पनि पछि राजा बिरेन्द्रको नामबाट बिरेन्द्रनगर बनाइयो ।
बिस्तारै औलो उन्मुलन भए पछि यहा बस्ती बिकास भएको थियो । पेरिस शहर जस्तो सुन्दर शहर बनाउने उद्धेश्य लिई २०२९ माघ १६ गते राजा बिरेन्द्रले बिरेन्द्रनगर नगर योजनाको शुरूवात गरेका थिए ।
तस्विरमा देखिएको बिरेन्द्रनगरको मुख्य सडक छेउमा खुलेको बैंक हो । बैंकबाट रकम गाडामा राखेर अन्यत्र लगिदै छ । भरिया सिक्काले भरिएको भारी बोकेर आउदैछ भने सैनिकहरू पहरा दिदै छ । एक गाडा चालक र एक भरिया देखिन्छ भने ६ जना सैनिक (प्रहरी) हरूले पहरा दिइरहेका छन् ।
  • सुनिल उलक(उलक इतिहासिका बिभिन्न तस्विरको खोज तथा संकलक हुन । माथिको तस्विर उनको सामाजिक सन्जालमा लिइएको हो)

 

प्रकाशित मितिः     12:23:20 PM  |