दाङकाे भरतपुरमा नेपाल बैककाे एक्सटेन्सन काउन्टरबाट सेवा सञ्चालन


 

दाङ, १८ साउन– नेपाल बैक दाङ शाखाले घोराही उपमहानगरपालिका १५ भरतपुर महेन्द्र क्याम्पस नजिकको एक्सटेन्सन काउन्टरबाट आज आईतबार देखी सेवा सुचारु गरेको छ ।

दाङ शाखा प्रबन्धक सरोज उपाध्यायले ग्राहकले रकम जम्मा र निकाल्न सक्ने गरी आईतबारदेखी सेवा शुरु गरिएको र केही दिनमै औपचारिक उद्घाटन गरिने जानकारी दिनुभयो । महेन्द्र क्याम्पसका सहायक क्याम्पस प्रमुख सुदर्शन रिजालले रकम जम्मा गरेर आज आईतबारको सेवा शुरु गर्नुभएको थियो ।


महेन्द्र बहुमुखी क्याम्पसको अनुरोधमा दुई बर्ष अघि देखी नेपाल बैकले भरतपुर क्याम्पस र पद्मोदय पब्लिक माध्यमिक बिद्यालय तथा घोराही १५, १७, ५, ६, ७ वडाका बासीन्दालाई लक्षित गरी एक्सटेन्सन काउन्टरको प्रयास थालिएको थियो ।
महेन्द्र बहुमुखी क्याम्पसले क्याम्पसलाई क्यासलेस बनाउने उदेश्यले नजिक बैक ल्याउनका लागि नेपाल बैकलाई पत्राचार गरी प्रयास थालेको थियो । क्याम्पसले दुई बर्ष अघि देखीको प्रयास सार्थक भएको भन्दै नेपाल बैकलाई धन्यबाद दिएको छ ।

प्रकाशित मितिः     3:28:34 PM  |