नेपालगन्ज १९ साउन : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आईतवारदेखि निषेधाज्ञा लागु गरेको छ ।
अत्यावश्यक बाहेक कुनै पनि क्षेत्र सन्चालनमा रोक लगाइएका बेला रक्षाबन्धनलाई मध्यनजर गर्दै सोमवार भने केही खुकुलो पारिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिए ।

उनका अनुसार आज सोमवार बाँकेमा निजी सवारी साधन सन्चालनको अनुमति दिइएको छ भने रक्षाबन्धनसंग सम्बन्धीत पसल खोल्न पाइने छ ।