पैचोमा अर्थ र आपुर्ति मन्त्रीको चासो


काठमाडौं । पैचो पसलका उत्पादन र पैचो मोडेलका बिषयमा आज अर्थमन्त्री युवराज खतिवडा र उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टसङ्ग छलफल भएको छ ।

सिंहदरबारमा छुट्टाछुट्टै भएको भेटमा पैचो मोडेल र पैचो उत्पादनका बिषयमा दुबै मन्त्रीले अभिरुचिपूर्ण जानकारी लिनुभएको पैचो पसलका संचालक राजन पौडेलले जानकारी दिनुभएको छ ।

छलफलमा अर्थमन्त्री खतिवडाले कृषकको आत्मबल बढाउने र किसानलाई आत्मनिर्भर बनाउन पैचो मोडलको प्रशंशा गर्नुभएको थियो । उहाँले किसानको उत्पादनमा प्रोत्साहन हुने गरि पैचोसँग सहकार्य गरिने आश्वासन समेत दिनुभएको थियो ।
उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री भट्टले पैचो मोडेल उदाहरणीय भएको उल्लेख गर्दै मन्त्रालयले आवश्यक सहयोग गर्न तयार रहेको बताउनु भयो ।

मन्त्री भट्टसँगको छलफलमा उद्योग, बाणिज्य तथा आपुर्ति राज्य मन्त्री मोतिलाल दुगद पनि सहभागि हुनुहुन्थ्यो ।
छलफलमा पैचो मोडेलको बिषयमा पैचोका प्रबन्धनिर्देशक ध्रुवराज न्यौपानेले जानकारी गराउनु भएको थियो । छलफलको सहजिकरण समेत गरिदिनुभएका राष्ट्रिय सभा सदस्य दीनानाथ शर्माले पैचो मोडेलको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

प्रकाशित मितिः     १९ श्रावण २०७७, सोमबार ०९:३४  |