अस्पतालबाट वडा अध्यक्ष प्रमोद रिजालको सन्देश-म ठिक छु,शुभेच्छाका लागि धन्यवाद


नेपालगन्ज १९ साउन : नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष प्रमोद रिजालले आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको बताएका छन् ।
सोमवार कोरोना देखिएपछि रिजाललाई खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा उपचारका लागि राखिएको छ । रिजाल नेपालगन्ज उपमहानगरपालिकाका सबैभन्दा सक्रिय वडा अध्यक्ष हुन । उनले अस्पतालबाट दिएको सन्देश-
वडा कार्यालयको काममा निरन्तर खटिरहेको अवस्थामा आज मिति २०७७ साउन १९ गते मलाई कोरोनाको संक्रमण देखियो । हाल खजुरास्थित कोरोना बिशेष आइसोलेसन अस्पतालमा स्वास्थ्य लाभ गरिरहेको छु । हाल मेरो स्वास्थ्य अवस्था सामान्य छ । यस परिस्थितिमा शुभेच्छा र सद्भावका लागि धन्यवाद ।
प्रमोद रिजाल
वडा अध्यक्ष वडा नम्बर १
प्रबक्ता
नेपालगन्ज उपमहानगरपालिका
नेपालगन्जमा केहीदिन यता कोरोना संक्रमणको दर बढेको छ । सोमवार मात्र वडा अध्यक्ष रिजाल सहित नेपालगन्ज उपमहानगरपालिकाका एकजना अधिकृतलाई संक्रमण भएको छ । एकाएक संक्रमण दर बढेपछि जिल्ला प्रशासण कार्यालय बाँकेले आईतवारदेखि मंगलवारसम्म निषेधाज्ञा लागु गरेको छ ।
प्रकाशित मितिः     १९ श्रावण २०७७, सोमबार १३:४६  |