सार्वजनिक टिकाटिप्पणीले नरैनापुरका जनप्रतिनिधिको चित्त दुख्यो !


नेपालगन्ज २१ साउन :  सार्वजनिक टिकाटिप्पणीले बाँकेको नरैनापुर गाउँपालिकाका जनप्रतिनिधिको चित्त दुखाएको छ ।

गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले मंगलवार प्रेस बिज्ञप्ती जारी गरी गाउँपालिका बिरुद्ध प्रकाशित एवं भइरहेका टिकाटिप्पणीप्रति तिखोरुपले आलोचना गर्दै त्यस्ता काम बन्द गर्नै आशय सहित चेतावनी समेत दिएका छन् ।

खर्च पारदर्शी नभएको, नरैनापुर गाउँपालिकाको कार्यालय नेपालगञ्जमा राखेको जस्ता टिप्पणी सामाजिक सन्जालमा हुने गरेका छन् ।

अधिवक्ता पुर्ण ढकालले सूचना माग्न नहुने भन्ने अभिप्रायको पत्र गैर कानुनी, सुचनाको हकको विरुद्ध, संविधानको मर्म बिपरित रहेकोले संबंधित निकायले बेलैमा सच्याउन आवश्यक रहेको बताउँछन् ।

 

हेर्नुहोस् गाउँपालिका अध्यक्षको बिज्ञप्ती-

प्रकाशित मितिः     २१ श्रावण २०७७, बुधबार ०७:४३  |