भारतमा जुलाई महिनामा उत्कृष्ट १० मा पर्न सफल कार, मारुती सुजुकीको बर्चस्व


लकडाउन केही खुकुलो भएसँगै कारको बिक्रीमा केही बढोत्तरी भएको छ । अप्रिलमा लकडाउनको कारणले गर्दा भेइकलको बिक्रीमा कमी आएको थियो । त्यसपछि मे र जुनमा कारको बिक्रीमा केही सुस्तता छाएको थियो ।

हाल जुलाईमा कारको बिक्रीको आँकडा सार्वजनिक भएको छ । जुन महिनामा भन्दा जुलाईमा कारको बिक्रीमा केही सुधार आएको जानकारी दिइएको छ । जुलाईमा सबैभन्दा बढी बिक्री हुने कारमा मारुती सुजुकीका ७ मोडल टप १० मा पर्न सफल भएका छन् ।

१०. किया सेल्टोस
किया मोटर्सको चर्चित एसयूभी जुलाईमा भारतीय बजारमा १० औं सबैभन्दा बढी बिक्री हुने कार भएको छ । जुलाईमा सो कार ८ हजार २७० युनिट बिक्री भएको थियो ।

९. हुन्डाई ग्राण्ड आई१०
हुन्डाईको सो ह्याचब्याक कार ८ हजार ३६८ युनिट बिक्री भएको थियो । जुलाई २०१९ मा भन्दा यो वर्ष आई१० को बिक्री ६५ प्रतिशतले वृद्धि भएको छ । गएको वर्ष जुलाईमा ग्राण्ड आई१० को ५ हजार ०८१ युनिट बिक्री भएको थियो ।

८. मारुती ईको
जुलाईमा मारुती ईको ८ हजार ५०१ युनिट बिक्री भएको थियो । २०१९ जुलाईमा सो कार ९ हजार ८१४ युनिट बिक्री भएको थियो । गत वर्ष भन्दा यो वर्ष जुलाईमा ईकोको बिक्रीमा १३ प्रतिशतले गिरावट आएको छ ।

७. मारुती अर्टिगा
जुलाईमा ८ हजार ५०४ युनिट बिक्रीको साथमा मारुती सुजुकीको सो चर्चित एमपीभी यो लिस्टमा ७ औं स्थानमा परेको छ । जुलाई २०१९ मा सो कार ९ हजार २२२ युनिट बिक्री भएको थियो । गत वर्ष भन्दा यो वर्ष सो कारको बिक्रीमा ८ प्रतिशतले कमी आएको छ ।


६. मारुती डिजायर
जुलाईमा मारुती डिजायरको ९ हजार ४६ युनिट कार बिक्री भएको थियो । जुलाई २०१९ मा डिजायरको बिक्री १२ हजार ९२३ युनिट भएको थियो । सो कारको बिक्रीमा पनि ३० प्रतिशतले कमी आएको छ ।

५. मारुती स्विफ्ट
जुलाईमा १० हजार १७३ युनिट कार बिक्री गरी स्विफ्ट टप १० को लिस्टमा ५ औं स्थानमा पर्न सफल भएको छ । जुलाई २०१९ भन्दा जुलाई २०२० मा मारुती स्विफ्टको बिक्रीमा २० प्रतिशतले कमी आएको छ । गत वर्ष जुलाईमा सो कार १२ हजार ६७७ युनिट बिक्री भएको थियो ।

४. हुन्डाई क्रेटा
हुन्डाईको सो चर्चित एसयूभी ११ हजार ५४९ युनिट बिक्रीको साथमा जुलाईको उत्कृष्ट १० को लिस्टमा चौथो स्थानमा पर्न सफल भएको छ । जुलाई २०१९ मा भन्दा यो वर्ष ७५ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष जुलाईमा सो कार ६ हजार ५८५ युनिट कार बिक्री भएको थियो ।

३. मारुती बलेनो
मारुतीको सो प्रिमियम ह्याचब्याक ११ हजार ५७५ युनिट बिक्री गरी उत्कृष्ट १०को लिस्टमा तेस्रो स्थानमा पर्न सफल भएको छ । जुलाई २०१९ मा १० हजार ४८२ बलेनो बिक्री भएको थियो । यो वर्ष १० प्रतिशतले बिक्री बढेको छ ।

२. मारुती वागनआर
मारुती वागनआर एसयूभी जुलाईमा १३ हजार ५१५ युनिट बिक्री भएको थियो । जुलाई २०१९ मा १५ हजार ६२ युनिट वागनआर बिक्री भएको थियो । यो वर्ष सो कार १० प्रतिशत वृद्धि भएको छ ।

१. मारुती अल्टो
मारुतीको सो चर्चित कार १३ हजार ६५४ युनिट बिक्रीको साथमा जुलाई २०२० मा सबैभन्दा बढी बिक्री हुने कार भएको छ । जुलाई २०१९ मा अल्टोको बिक्रीमा १८ प्रतिशतले वृद्धि भएको छ । २०१९ को जुलाईमा सो कार ११ हजार ५७७ युनिट बिक्री भएको थियो ।

प्रकाशित मितिः     8:47:14 PM  |