उद्योग, व्यवसायले अब थप लकडाउन थेग्न नसक्ने


नेपालगन्ज । बढ्दो कोरोना भाइसर संक्रमणका कारण लकडाउन कायम रहिरहे सबै उद्योगरव्यवसाय बन्द हुने देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको कोभिडले पारेको असरको अध्ययनले उद्योगर व्यवसायहरुले अब थप लकडाउन थेग्न नसक्ने देखाएको हो ।

बन्दाबन्दी पश्चात् उद्योग व्यवसाय सामान्य अवस्थामा फर्कन औसतमा करिब ९ महिना लाग्ने अध्ययनले देखाएको छ । सर्वेक्षणमा सहभागी अधिकांश उद्योगरव्यवसायहरुले बन्दाबन्दी पश्चात् अहिलेकै व्यवसायलाई निरन्तरता दिने, केहीले व्यवसाय बिक्री वा बन्द गर्न चाहेको समेत देखिएको राष्ट्र बैंकका प्रवत्ता डा। गुणाकर भट्टले बताए । उनका अनुसार बन्द गर्न चाहनेमा केही घरेलु उद्योग, लघु साना खुद्रा व्यापार र साना रहेका छन् ।

अधिकांश उद्योगरव्यवसायहरुले सरकारले आर्थिक वर्ष २०७७र०७८ को बजेटमा व्यवस्था गरे अनुसार ५ प्रतिशत ब्याजदरमा कर्जा प्राप्त भएमा कर्मचारीरकामदारको रोजगारीलाई पूर्ण रुपमा निरन्तरता दिन सक्ने बताएका छन ।

बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागीलाई सञ्चालन खर्च व्यहोर्न चालु पूँजीको अभाव, उत्पादनको बिक्री वितरणमा कठिनाइ र बजारमा मागको कमी लगायतका समस्याहरु पाइएको छ ।

उद्योग÷व्यवसायहरुको कर्जा सम्पत्ति अनुपात औसतमा ४८.७ प्रतिशत छ । ‘उच्च कर्जा सम्पत्ति अनुपातले कमजोर पूँजी संरचनाको अवस्थालाई इङ्गित गर्छ’ प्रतिवेदनमा भनिएको छ ‘अर्थतन्त्रका अधिकांश क्षेत्रमा कर्जा सम्पत्ति अनुपात झण्डै आधा देखिनुले वास्तविक अर्थतन्त्रमा पर्ने नकारात्मक प्रभावको प्रत्यक्ष असर वित्तीय क्षेत्र स्थायित्वमा सहजै पर्न सक्नेतर्फ संकेत गर्छ ।’
उद्योगर व्यवसायहरुको कुल खर्चमा स्थिर खर्च र चालु खर्चको हिस्सा क्रमशः ३७।६ प्रतिशत र ६२।४ प्रतिशत रहेको देखिन्छ । चालु खर्चको हिस्सा अधिक रहनुले बिषम परिस्थिति पश्चात् उद्योग/व्यवसायहरुलाई चालुपूँजीको समस्या हुनेतर्फ संकेत गरेको निश्कर्ष अध्ययनको छ ।


बन्दाबन्दी पश्चात् वित्तीय साधन परिचालनका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने, कर्मचारी÷तलब कटौती गरी खर्च घटाउने, सहकारी संस्थाबाट ऋण लिने र नयाँ लगानी साझेदार खोज्ने सोचमा उद्योगी÷व्यवसायीहरु रहेको पाइएको छ ।

सहुलियत ब्याजदर, लचिलो किस्ता भुक्तानी सुविधा, आयकरमा सहुलियत, चालु पूँजीका निम्ति थप ऋण सुविधा र ऋणको भाका सार्ने सुविधाको माग उद्योगी व्यवसायीले गरेका छन् । बन्दाबन्दीे अवधिमा उद्योगरव्यवसायहरुमध्ये ९६.७ प्रतिशतले सामान्य अवस्थाको तुलनामा औसतमा ७३.८ प्रतिशत उत्पादन/कारोबार घटेको जनाएका छन् ।

यस अवधिमा ८३.९ प्रतिशत उद्योग/व्यवसायहरुको औसत बिजुली खपत घट्नुले समेत सो तथ्यलाई थप पुष्टि गर्दछ । ठूलो परिमाणमा उद्योगरव्यवसायहरुको उत्पादन/कारोबार घट्नुले आर्थिक क्रियाकलापमा उल्लेख्य कमी आएको देखाउने केन्द्रीय बैंकको निश्कर्ष छ ।

प्रकाशित मितिः     9:28:50 PM  |