खर्च व्यहोर्न सक्ने संक्रमित अब तारे होटलमा बस्न सक्ने, सिटी प्यालेस आइसोलेसन सेन्टर बन्यो


नेपालगन्ज २३ साउन :  कोरोना संक्रमित स्वयंले खर्च व्यहोर्ने गरी नेपालगन्जमा सिटी प्यालेस होटललाई आइसोलेसन बनाइएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाको प्रत्यक्ष निगरानीमा रहने गरी खर्च व्यहोर्न सक्नेले उक्त होटलमा बस्न सक्ने छन् । जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार पैसा आफै ब्यबस्थापन गर्ने गरि होटेल सिटिप्यालेस तेस्रो तलामा आइसोलेसन सेन्टर सन्चालन ल्याइएको छ ।


संक्रमित सबैको व्यवस्थापन सरकारले नै गर्छ, यसमा कुनै शंका छैन । तर यदि कोहीले पैसा खर्च गरेर त्यहाँ बस्छु भने मात्र बस्ने व्यवस्था मिलाइएको हो । – श्रेष्ठले भने । संक्रमित स्वयंले पैसा खर्च गर्ने भने पनि त्यो आइसोलेसन सेन्टरकै रुपमा निगरानीमा रहने छ ।

प्रकाशित मितिः     9:27:38 AM  |