भोलि १२ बजेदेखि नेपालगन्जका यि क्षेत्र सिल, पसल सन्चालनदेखि हिडडुलमा समेत पूर्ण प्रतिबन्ध


 

नेपालगन्ज २३ साउन :  बाँकेमा गत आइतवारदेखि लगाइएको निषेधाज्ञाको समयावधि मंगलवार राती १२ बजेसम्म थप गरिएको छ । जिल्लामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा द्रुत गतिमा बढ्दै जान थालेपछि शनिवारसम्म जारी गरिएको निषेधाज्ञाको समय आगामी मंगलवार रातीसम्म थपिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदायस्तरमै कोरोना संक्रमित बढ्दै गएको र शुक्रवार मात्र बाँकेमा ४९ जना संक्रमित थपिएको हुँदा आगामी मंगलवार राती १२ बजे सम्मकालागि निषेधाज्ञाको समय थपिएको जानकारी दिए ।

तर नेपालगन्जमा बिभिन्न क्षेत्र भने सील गरिएको छ । सिल गरिएको क्षेत्रमा पसल, व्यवसाय मात्र होइन हिड्न समेत पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ ।
हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय बाँकेको सूचना-

प्रकाशित मितिः     २३ श्रावण २०७७, शुक्रबार १८:३९  |