नेपालगन्ज २३ साउन : समुदायस्तरमै कोरोना संक्रमणको दर अत्याधिक पाइएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर निषेधाज्ञा र सुर्खेतरोडदेखि पूर्वतर्फको नेपालगन्जको क्षेत्रमा एरिया सिल गरेको छ ।
पसलदेखि हिडडुलमा समेत प्रतिबन्ध लगाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बताए ।
उनले –‘नागरिकहरुको जीवनरक्षाको लागि भोलि शनिबार राती १२ बजेदेखि मंगलबार राती १२ बजेसम्म नेपाली सेनाको अगुवाइमा बाँकेको देहायको एरिया सिल गरिने र उक्त क्षेत्रमा हिडडुल समेत गर्न नपाईने निवेदन गर्दछौ ।’
बाँकेमा गत आइतवारदेखि लगाइएको निषेधाज्ञाको समयावधि मंगलवार राती १२ बजेसम्म थप गरिएको छ । जिल्लामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा द्रुत गतिमा बढ्दै जान थालेपछि शनिवारसम्म जारी गरिएको निषेधाज्ञाको समय आगामी मंगलवार रातीसम्म थपिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले समुदायस्तरमै कोरोना संक्रमित बढ्दै गएको र शुक्रवार मात्र बाँकेमा ४९ जना संक्रमित थपिएको हुँदा आगामी मंगलवार राती १२ बजे सम्मकालागि निषेधाज्ञाको समय थपिएको जानकारी दिए । उच्च जोखिममा रहेका नेपालगन्जका विभिन्न क्षेत्रमा शनिबार साझ १२ बजे देखि सिल गर्ने निर्णय भएको हो ।
तर नेपालगन्जमा बिभिन्न क्षेत्र भने सील गरिएको छ । सिल गरिएको क्षेत्रमा पसल, व्यवसाय मात्र होइन हिड्न समेत पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ ।
हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय बाँकेको सूचना-