नेपालगन्जमा सन्चालनमा आयो ‘सेल्फपेड आइसोलेसन’


नेपालगन्ज २३ साउन :  कोरोना संक्रमित स्वयंले खर्च व्यहोर्ने गरी नेपालगन्जमा सिटी प्यालेस होटललाई आइसोलेसन बनाएर सन्चालनमा ल्याइएको छ ।

जनस्वास्थ्य कार्याल बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार शुक्रवारसम्म ५१ जनालाई उक्त ‘सेल्फपेड आइसोलेसन’ मा ५१ जनालाई शुक्रवार अवेर साँझसम्म राख्ने कार्य गरिरहेको जानकारी दिए ।
नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाको प्रत्यक्ष निगरानीमा रहने गरी खर्च व्यहोर्न सक्नेले उक्त होटलमा बस्न सक्ने छन् ।


जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार पैसा आफै ब्यबस्थापन गर्ने गरि होटेल सिटिप्यालेस तेस्रो तलामा आइसोलेसन सेन्टर सन्चालन ल्याइएको छ ।

संक्रमित सबैको व्यवस्थापन सरकारले नै गर्छ, यसमा कुनै शंका छैन । तर यदि कोहीले पैसा खर्च गरेर त्यहाँ बस्छु भने मात्र बस्ने व्यवस्था मिलाइएको हो । – श्रेष्ठले भने । संक्रमित स्वयंले पैसा खर्च गर्ने भने पनि त्यो आइसोलेसन सेन्टरकै रुपमा निगरानीमा रहने छ ।

प्रकाशित मितिः     9:11:50 PM  |