लकडाउनको फुर्सदलाई यसरी आय-आर्जनमा उपयोग गरौं


चार महिनाको लकडाउन सकिएपछि साउन महिनाको पहिलो साता अन्त्य भयो । तर बाँकेमा फेरी संक्रमण दर बढेपछि कडा नेपालगन्ज नगरलाई सिल गर्नेदेखि जिल्लाभर निषेधाज्ञा लागु गरिएको छ । गएको एकहप्ता देखि चल्दै आएको निषेधाज्ञा वा चलनचल्तीको भाषामा भन्दा लकडाउन बाँकेमा हालको लागि फेरी श्रवण २७ गते सम्म लम्बिएको छ ӏ

नेपालमा कोभिड -१९ का नयाँ संक्रमितहरु भेटिँदै जानु, छिमेकी देश भारतमा समेत संक्रमितको संख्या ठुलो संख्यामा बढ्दै जानु साथै कोभिड १९ को औषधि र खोप समेत बन्न अझै केहि महिना लाग्ने देखिएकोले लकडाउनको अवस्था अझै केहि महिना कायम नै रहने अनुमान गर्न सकिन्छ ӏ

लकडाउनको कारणले उद्योग, ब्यापार, शैक्षिक संस्था र निर्माण परियोजना लगभग ठप्प छन् भने कृषि कार्य समेत प्रभावित बनेको छ ӏ नेपालको अर्थतन्त्र प्रमुख रुपमा रेमिटेन्सले धानेको सर्वविदितै छ ӏ

बिश्वव्यापी रुपमा लामो समय सम्म लकडाउनको अवस्था रहेमा रोजगार कटौतीको कारण भारत, खाडी मुलुक, युरोप र अमेरिकामा रहेका नेपालीहरु समेत नेपाल फर्किनुपर्ने अवस्था आउन सक्ने देखिन्छ ӏ

लकडाउनले गर्दा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य केहि अत्यावस्यक क्षेत्रमा कार्यरत व्यक्ति बाहेक प्राय सबैजसो हामी फुर्सदिला भएका
छौं । भलै हामी मध्ये केहि घरबाटै केहि घण्टा कार्यालयको काम वा अध्ययनको लागि समय दिइरहेको छौं ӏ

आफ्नो महत्वपूर्ण समय घरमा बसेर सामाजिक संजालमा भाईरल भइरहने अनावश्यक सामाग्री हेरेर, मोबाइलमा दिनरात गेम खेलेर वा छिमेकीको कुरा काटेर समय कटाउने कि फुर्सदको केहि समयलाई थोरै भएपनि आय-अर्जनमा आर्जन वा सीप विकाशमा लगाउने त्यसका जिम्मा तपाईकै हातमा छ ӏ

यसरी सरसर्ती रुपमा हेर्दा दैनिक ज्यालादारी गर्ने देखि व्यापार व्यवसाय गर्ने व्यक्ति समेत कोरोनाको कारण आर्थिक चपेटामा परेको अवस्था छ ӏ नेपाल सरकार आफैं जनताको कर र बिदेशी अनुदानमा चलिरहेको अवस्थामा सरकारसँग विकसित देशको जस्तो ठुलो आर्थिक प्याकेजको अपेक्षा राख्नु समेत सोभनीय देखिँदैन ӏ

ठुला ब्यापारीहरु आफु अनुकुल सरकारी आर्थिक प्याकेजको लागि अर्थतन्त्र र नेपाल राष्ट्र बैंकमा दौडधुप सुरु गरिसकेको अवस्थामा न्युन तथा मध्यम आय भएका नागरिक नै कोरोनाको कारण सबै भन्दा ठुलो आर्थिक चपेटामा पर्ने निश्चित छ ӏ तत्कालको लागि सरकारको प्राथमिकता भनेको छिटो भन्दा छिटो कोभिड १९ को परिक्षण, ठाउँ-ठाउँमा निस्शुल्क खाना वा रासनको व्यवस्था, प्रयाप्त स्वास्थ्य सामग्रीको व्यवस्था र दैनिक उपभोग्य सामानको सहज आपूर्ति गर्नु नै हो ӏ

लकडाउनले गर्दा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य केहि अत्यावस्यक क्षेत्रमा कार्यरत व्यक्ति बाहेक प्राय सबैजसो हामी फुर्सदिला भएका
छौं । भलै हामी मध्ये केहि घरबाटै केहि घण्टा कार्यालयको काम वा अध्ययनको लागि समय दिइरहेको छौं ӏ

आफ्नो महत्वपूर्ण समय घरमा बसेर सामाजिक संजालमा भाईरल भइरहने अनावश्यक सामाग्री हेरेर, मोबाइलमा दिनरात गेम खेलेर वा छिमेकीको कुरा काटेर समय कटाउने कि फुर्सदको केहि समयलाई थोरै भएपनि आयअर्जनमा आर्जन वा सीप विकाशमा लगाउने त्यसका जिम्मा तपाईकै हातमा छ ӏ
पाठक वर्गको लागि फुर्सदको समयमा घरबाटै गर्न सकिने आम्दनीमुलक केहि कार्यहरु बुँदागत रुपमा तल पेश गरेको छु ӏ

१) कम्प्युटरमा दक्षता भएका व्यक्तिले नेपाली टाईपिङ्ग, पोस्टर डिजाइन, भिडियो एडिटिंग जस्ता काम घरबाटै गर्न सकिन्छ ӏ यसवाट कामको आधारमा राम्रै आम्दानी समेत गर्न सकिन्छ ӏ

२) यदि तपाईलाई लेख-रचनामा लगाव छ या कुनै क्षेत्र जस्तै राजनीति, सूचना प्रविधि, फेशन डिजाइन, अन्तरिक सजावट, ब्यबसाय परामर्श, आदिमा दक्खल छ भने आफ्नो विचार, अनुभब र सुझाबहरु आफ्नो ब्लग (Blog) खोलि त्यसमा शेयर गर्न सक्नुहुन्छ र सो वापत स्थानीय बिज्ञापन वा गूगल एडसेन्स (Google AdSense) बाट समेत आम्दानी गर्न सक्नुहुन्छ ӏ

३) यदि तपाईसँग कुनै मनोरंजन गराउन सक्ने कला (जस्तै; नाच्न, गाउन, अभिनय गर्न, आवाज नक्कल गर्न, आदि), घुम्ने डुल्ने बानी, व्यवसाय संचालन सम्बन्धि अनुभव, मेक-अप सम्बन्धि ज्ञान, नयाँनयाँ परिकार बनाउन सक्ने शीप, बिज्ञान प्रबिधि सम्बन्धि ज्ञान, कृषि सम्बन्धि अनुभव, भाषण गर्ने कला आदि छ भने आफ्नो एउटा युट्युब च्यानल (YouTube Channel) खोलि तेस्मा भिडियोहरु अपलोड गर्न सक्नुहुन्छ ӏ यसबाट आम्दानी गर्ने स्रोत भनेको स्थानीय बिज्ञापन साथै गूगल एडसेन्स (Google AdSense) हुन सक्छ ӏ तपाईले आफ्नो युट्युब च्यानलमा आफ्नो स्थानीय संस्कृति तथा पर्यटकीय स्थानको जानकारीहरु राखी आफ्नो ठाउँको प्रचारप्रसारमा समेत योगदान दिन सक्नु हुन्छ ӏ

४) यदि तपाई शिक्षक, प्रोफेसर वा कुनै विषयबस्तुको ज्ञाता हो भने Udemy, Home Tution Nepal जस्ता अनलाइन टिचिंग प्लेटफर्म साथै जूम (Zoom), गूगल मिट (Google Meet) जस्ता प्रबिधि मार्फत अनलाइन क्लासहरु संचालन गरि आम्दानी गर्न सक्नुहुन्छ । यसका साथै फेसबुक-लाइभ (Facebook Live) बाट समेत आफ्नो ज्ञान तथा अनुभव नि:शुल्क रुपमा वाँडी धेरै जनाको ज्ञान वृध्दि गराउनमा टेवा पुर्याउन सक्नु हुन्छ ।


५) यदि तपाई शिक्षक, प्रोफेसर, विश्वविद्यालयको स्कोलर वा कुनै विषयबस्तुको ज्ञाता हो साथै लेखन कार्यमा समेत रुचि छ भने फुर्सदको समयमा पुस्तक, नोट, रिसर्च आदि गरि त्यस्को बिक्रीबाट समेत आफ्नो नयाँ आम्दानीको स्रोत बनाउन सक्नुहुन्छ ӏ

६) यदि तपाई स्कुल वा कलेज जाने विद्यार्थी हो भने आफु हाल पढिरहेको क्लासको राम्रो नोटहरु बनाएर राख्न सक्नु हुन्छ । यसबाट तपाईको आफ्नै पढाईलाई टेवा पुग्ने नै छ । यस्को अलावा आफ्नो नोटको फोटोकापी गरि सहपाठी वा आफु भन्दा पछाडीको क्लासको भाई बहिनीलाई बिक्रि गरी केहि आम्दानी समेत गर्न सक्नु हुन्छ ӏ

यदि तपाईसँग खेति गर्नको लागि जग्गा जमिन छ वा भाडामा लिएर भएपनि गर्न सकिने अवस्था छ भने जमिनलाई खाली नराख्नुहोस् । फुर्सदको समयमा परिवार संगै मिलेर कमसेकम आफुलाई पुग्ने भएपनि तरकारी वा अन्नवाली लगाउनतर्फ़ लाग्नुहोस् । जसले गर्दा पैसाको बचत त हुने नै छ, केहि समय खेतिवालीमा लगाउँदा तपाईलाई कसरत समेत हुन्छ भने आफुलाई आवस्यक भन्दा बढी हुने कृषिजन्य उत्पादन बिक्री गरि केहि आम्दानी समेत हुनेछ ।

७) यति बेला तपाई लकडाउनको कारण घर-परिवारको साथमा धेरै समय बिताउन पाउनु भएको छ । यो बेलामा घर परिवारसँग आफ्नो तथा परिवारको भावी योजना, बजेट, बालबच्चाको उच्च शिक्षाको योजना बनाउन सक्नु हुन्छ, जसले गर्दा तपाई अनाबश्यक खर्चहरु कटौती गर्ने, नयाँ आम्दानीका स्रोतहरु पहिचान गर्ने तथा पारिवारिक व्यवस्थापन गरि समग्र परिवारको आर्थिक उन्नति गर्न सक्नु हुन्छ ।

८) यदि घरमा आमा, हजुरआमा हुनुहुन्छ भने उहाँहरुलाई सहयोग गरि कपासको दियो बनाउने, पातको टपरी बनाउने, गुन्द्रुक बनाउने, अचार बनाउने जस्ता कामहरु सिक्न सक्नुहुन्छ । यसरी बनेका सामाग्री आफैँ प्रयोग गर्दा पैसा बचाउन सक्नुहुन्छ भने बिक्रि गरेमा केहि आम्दानी समेत गर्न सक्नुहुन्छ ӏ

९) यदि तपाईसँग खेति गर्नको लागि जग्गा जमिन छ वा भाडामा लिएर भएपनि गर्न सकिने अवस्था छ भने जमिनलाई खाली नराख्नुहोस् । फुर्सदको समयमा परिवार संगै मिलेर कमसेकम आफुलाई पुग्ने भएपनि तरकारी वा अन्नवाली लगाउनतर्फ़ लाग्नुहोस् । जसले गर्दा पैसाको बचत त हुने नै छ, केहि समय खेतिवालीमा लगाउँदा तपाईलाई कसरत समेत हुन्छ भने आफुलाई आवस्यक भन्दा बढी हुने कृषिजन्य उत्पादन बिक्री गरि केहि आम्दानी समेत हुनेछ । यदि तपाईसँग थोरै भएपनि तरकारी लगाउने करेसावारी छ भने करेसावारीमा र त्यो छैन भने आफ्नै घरको छतमा समेत गमला वा कुनै पुरानो भाँडोमा माटो राखी आफुलाई दैनिक प्रयोग हुने तरकारी फलाउन सक्नुहुन्छ ।

१०) यदि तपाईलाई चित्रकला (पेन्टिंग)मा रुचि छ भने यस्को बिक्रीबाट समेत राम्रो आम्दानी गर्न सक्नुहुन्छ ӏ

११) यदि तपाई विदेशबाट फर्किनुभएको हो, फर्किने सोचमा हुनुहुन्छ वा नेपालमै रहेर पनि बेरोजगार भई अब के गर्ने भन्ने सोचमा हुनुहुन्छ भने आफ्नो रुचि भएको व्यवसायमा संलग्न ब्यापारी साथी-भाई, इस्टमित्र, व्यवसाय परामर्शदाता, बैंकर्स आदिसँग टेलीफोन वा अनलाइनको माध्यमबाट नयाँ व्यवसाय दर्ता, संचालन, बैंक लोन, सरकारी अनुदान, व्यवसायमा पर्ने समस्या, नयाँ अवसर आदिको बारेमा जानकारी लिन सक्नुहुन्छ ӏ यसरी प्रयाप्त जानकारी लिई नयाँ व्यवसाय संचालन गरेमा व्यवसाय घाटामा जाने सम्भावना समेत कम रहन्छ ।

१२) यदि तपाईं भर्खर पढाई पूरा गरि रोजगारीको खोजीमा हुनुहुन्छ भने आफ्नो राम्रो वायो-डाटा बनाउनुहोस्, साथै आफुले खोजिरहेको जागिरको लागि चाहिने कुनै सीप तपाईसँग छैन भने इन्टरनेटको माध्यमबाट वा अग्रजहरुसँग सिकी आफुलाई निखार्न तर्फ़ लाग्नुस्, जसले गर्दा तपाइले चाहेको जागिर पाउन सजिलो हुनेछ । तपाई जागिरे हुनुहुन्छ तर आफ्नो कुनै सीप वा जानकारीको अभावले आफ्नो प्रमोसन रोकिरहेको छ भने त्यस्तो तालिम वा सीप अनलाइनको माध्यमबाट आर्जन गर्नुहोस्, जसले गर्दा तपाइको करिएरले छिटो गति लिनेछ ।

तपाइलाई लागिरहेको होला फुर्सदमा गर्न सकिने कामहरु त थाहा भयो तर काम खोज्ने कसरी ? माथि उल्लेखित कतिपय कामहरु पाउनको लागि पत्रपत्रिकामा प्रकाशित बिज्ञापन हेर्ने, फ्रील्यांसिंग साइटहरु (Freelancing Sites) हेर्ने अथवा आफ्नो सामाजिक संजालमा समेत आफुले गर्न सक्ने कामहरु उल्लेख गरेमा तपाईका साथीभाई, आफन्त वा छरछिमेकी समेत तपाइको सम्भावित ग्राहक हुन सक्छन् ।

र अन्त्यमा, आफ्नो परिवार नै तपाईको सबैभन्दा ठुलो तागत हो । त्यसैले अहिले परिवारसँग घरमै समय बिताउने अवसर पाउनुभएको छ । यसलाई पारिवारिक सल्लाह, भावी योजना, आपसी सहयोग, सरसफाई, मनोरंजन, योग-ध्यान, सिकाई आदिमा लगाई फुर्सदको समयलाई उपयोग गर्नुहोस् ।
कृपया घरमै बसी सुरक्षित रहनुहोला । धन्यवाद ।

 

प्रकाशित मितिः     10:54:58 AM  |