क्वारेन्टाइन नबसी स्वाब परीक्षण गराउने, रिर्पोट पोजेटिभ आएपछि बेपत्ता


बाँके २५ साउन :  कोरोना परीक्षण गर्ने तर रिर्पोट पोजेटिभ आएपछि सम्पर्कबिहिन हुने घटना बाँकेका सार्वजनिक भएको छ ।

एकपछि अर्को गर्दै संक्रमित बढ्दै गएका बेला देखिएका यस्ता घटनाले स्वास्थ्यकर्मीलाई तनाव दिएको छ । त्

यसै त यतिबेला बाँकेभर निषेधाज्ञा लागु गरिएको छ भने नेपालगन्जमा त सिल नै गरिएको छ ।

यस्तो अवस्थाका बीच स्वाब संकलन गर्न लगाउने र रिर्पोट पोजेटिभ आएपछि भाग्ने प्रबृत्ति देखा परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेकका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

उनले सार्वजनिक रुपमै क्वारेन्टाइनमा नबसी स्वाब संकलन गराउने कोरोना रिपोर्ट पोजेटिभ आए पछि मोबाइल अफ गरि बेपत्ता हुनेहरुको कारण रिपोर्ट बनाउन नसकिएको बताए ।

त्यस्ता व्यक्ति नेपालगन्जमा दुई जना भेटिएका छन् ।

प्रकाशित मितिः     २५ श्रावण २०७७, आईतवार २१:४८  |