बाँकेमा थप एकजनाको कोरोनाका कारण मृत्यु


नेपालगन्ज २६ साउन : अछामको चौरपाटाबाट उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएका ५० वर्षिय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गका अनुसार, ती विरामी भएपछि कोहलपुर स्थित मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

उनको उपचारको क्रममा आईतबार साँझ ७:३० बजे मृत्यु हुन पुगेको थियो ।तर, ती पुरुषलाई कोरोना पोजेटिभ भएको सोमबार मात्र थाहा भएको प्रजिअ कुरुम्वाङ्गले जानकारी दिए ।


बाँकेमा आईतबार नै एक महिलाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमै कोरोनाबाट मृत्यु भएको थियो । हालसम्म बाँकेमा कोरोनाबाट ४ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मितिः     २६ श्रावण २०७७, सोमबार २०:३६  |
error: Content is protected !!