भेरी र नेपालगन्ज मेडिकल कलेजको प्रसुती कक्ष सन्चालनमा आयो


नेपालगन्ज २७ साउन :  भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजको नर्सिङ होमको प्रसुती कक्ष सन्चालनमा आएको छ । कोरोना संक्रमित देखिएपछि प्रसुती कक्षलाई सिल गरिएको थियो ।

जसका कारण विरामीको उपचारमा समस्या भएको थियो । तर दुबै सेवा सन्चालनमा आएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बागंले जानकारी दिए ।

बाँकेमा मंगलवार ५६ जना संक्रमित थपिएका छन् ।

जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार,बाँकेको स्याम्पल कलेक्सनको आजको रिपोर्टमा जिल्ला भित्र बस्ने (जिल्ला भित्र र बाहिरका) रास्ट्रसेवक र सार्वसाधारण गरि ५६ जना पोजेटिभ देखिएका छन् ।

प्रकाशित मितिः     २७ श्रावण २०७७, मंगलवार १२:३९  |